काठमाडौं । ओमनका सुल्तानको निधनप्रति संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले गहिरो समवेदना व्यक्त गर्नु भएको संयुक्त राष्ट्रसंघका प्रवक्ताले शनिबार जानकारी दिनु भएको छ । ‘ओमनका सुल्तान काबोस बिनको मृत्यु भएकोमा गहिरो शोक व्यक्त गर्दछौं,” गुटर्रेसका प्रवक्ता स्टेफेन दुजारिकले एक विज्ञप्तिमार्फत बताउनु भएको छ ।

सुल्तानको नेतृत्व बारे प्रकाश पार्दै उहाँले सुल्तानले ५० वर्ष ओमनको नेतृत्व गर्दा ओमनलाई समृद्ध र स्थिर मुलुकमा रूपान्तरण गराउनु भएको उल्लेख गर्नुभएको छ । ओमनका सुल्तान काबोस बिनको ७९ वर्षको उमेरमा गत शुक्रबार निधन भएको थियो । आधुनिक अरबी देशका शासकमध्ये उहाँ धेरै समय शासन गर्ने शासकमा पर्ने अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

उहाँले सन् १९७० देखि अहिलेसम्म झण्डै ५० वर्ष ओमनमा शासन गर्नुभएको हो । उहाँले आफ्नै पितालाई अपदस्त गरेर शासन लिनुभएको थियो । उहाँ केही समयदेखि क्यान्सरबाट पीडित भएकाले उपचार गराइरहनु भएको थियो । क्यान्सरकै कारण अहिले उहाँको निधन भएको बताइएको छ ।

उहाँ अविवाहित भएकाले कुनै छोराछोरी नभएको र उहाँका नातेदारलाई उत्तराधिकारी तोकिएको छ । पारिवारिक बैठकबाट उहाँकै नाता पार्ने हैथाम बिन तारिकलाई नयाँ शाही शासकका रुपमा छनौट गरिएको छ । “हैथाम बिन तारिकलाई देशको नयाँ सुल्तानका रुपमा सपथग्रहण गराइएको छ,” सरकारी अधिकारीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

ओमनको संविधानमा एक जना शासकको निधनभएपछि तीन दिनभित्रमा नयाँ शासक चयन गरिसक्नु पर्ने व्यवस्था रहेको जनाइएको छ । अधिकांश विश्लेषकले काबोसका अर्का नातेर असद बिन तारिकलाई नयाँ सुल्तानका रुपमा हेरेका थिए । सन् २०१९ मा उहाँलाई उपप्रधानमन्त्री तथा अन्तरराष्ट्रिय सम्वन्ध र सहकार्य मामिला मन्त्रीमा नियुक्त गरिएकाले त्यतिबेलादेखि नै उहाँलाई भावी सुल्तानका रुपमा हेरिएको थियो ।

सम्बन्धित खबरहरु