काठमाडौं । सरकारले ‘राष्ट्रिय एकता ः योगको सान्दर्भिकता’ भन्ने आदर्श वाक्यका साथ आउँदो माघ १ गते राष्ट्रिय योग दिवस मनाउने तयारी गरेको छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक जुन २१ मा मनाइँदै आए पनि नेपाल सरकारले २०७२ सालदेखि माघ १ गते राष्ट्रिय दिवस पनि मनाउन थालेको हो । माघ १ देखि ७ गतेसम्म केन्द्र, प्रदेश र स्थानीय तहमा समेत विभिन्न कार्यक्रम गरी दिवस मनाइनेछ ।

दिवसको तयारीका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । दिवसबारे जानकारी दिन आज मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीले योगलाई जीवन दर्शनका रुपमा विकास गरी नेपाललाई योगको उर्वर भूमिका रुपमा आन्तरिक र अन्तरराष्ट्रियरुपमा परिचित गराउन राष्ट्रिय योग अभ्यासक्रम निर्माण गर्ने तथा प्राविधिक धार र उच्चशिक्षामा समेत योग विषयको पठनपाठन गराउने तयारी गरिएको बताउनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु