काठमाडौं । सामान्य विवादले एकजनाको ज्यान लगेको छ । दुई जनाबीच भएको हल्का विवाद धकेलाधकेलसम्म पुग्दा रसुवामा एक जनाको ज्यान गएको हो । यहाँको आमाछोदिङ्मो गाउँपालिका ४ गोल्जुङ ४६ वर्षीय सार्की गुरुङ र ४१ वर्षीय सिंगी तामाङबीच सामान्य विवाद भएको थियो । शनिबार राति विवाद भएपछि धकेलाधकेल हुँदा गुरुङ लडेको बताइएको छ ।

तामाङले धकेल्दा लडेपछि उनको मृत्यु भएको हो । टाउको, नाक र कानमा चोट लागेको गुरुङलाई थाम्बुचेतमा प्राथमिक उपचारपछि थप उपचारको लागि सदरमुकाम धुन्चे पठाइएको थियो । जिल्ला अस्पताल धुन्चेते राति नै गुरुङलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । घटनापछि फरार भएका तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु