काठमाडौं । पूर्वी केन्याको एक ग्रामीण क्षेत्रमा रहेको एक विद्यालयमा त्यहाँका आ'तङ्कवादीहरुले तीन जना शिक्षकको ह'त्या गरेका छन् । केन्यामा केही वर्षदेखि ह'त्या आ'तङ्क जारी राखेको समूह अल सबाबले उक्त विद्यालयमा प्रवेश गरी तीन जना शिक्षकको ह'त्या गरेको र अर्का एकजनालाई अ'पहरण गरी लगेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । केन्यामा सो समूहले विगतदेखि नै आ'तङ्ककारी क्रियाकलाप जारी राख्दै आएका छन् । अल सबाबले यहाँका शिक्षक र विद्यार्थीलाई तारो बनाउने गरेको छ ।

ठूलो संख्यामा आएका ह'तियारधा'रीले आ'क्रम'ण गरी त्यहाँका केही विद्यालयमा पनि क्षति पु¥याएका छन् । साथै ती आ'क्रम'णकारीले पूर्वी केन्याको कमुथेमा रहेको प्रहरी चौकीमा पनि उनीहरुले आ'गज'नी गरेका छन् । उनीहरुले स्थानीय अस्पतालबाट एकजना नर्सलाई पनि अप'हरण गरी लगेका बताइएको छ । साथै स्थानीय स्वास्थ्य संस्थाका कर्मचारीलाई पनि उनीहरुले आ'क्रम'ण गरी घाइते बनाएका छन् ।

अल कायदासँग सम्बन्ध रहेको सो अल सबाब नामक आ'तङ्ककारी समूहले केन्याका विद्यालयबाट बालिकालाई पनि अप'हरण गर्ने गरेका छन् । उनीहरुले बालिका शिक्षाको विरोध गर्ने गरेका छन् । त्यसैले बालिका शिक्षा दिने विद्यालयबाट छात्रछात्रा नै अप'हरण गर्ने गरेका छन् । एजेन्सी

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु