आमा तिमी कति महान् छ्यौ । –साधना बस्नेत [भिडियोसहित]

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार २९ पुस, २०७६

आमा तिमी कति महान् छ्यौ ।।।।

मैले नभनेरै मेरा सारा मनका कुरा बुझिदिन्छ्यौ

टाढैबाटको आवाजमा पनि पिडा र हर्षको भाव बुझिदिन्छ्यौ ।।

आमा तिमी कति महान् छ्यौ ।।।।

छन त यहाँ धेरै छन् नाता आमा ।।

तर पनि आमा तिम्रो नाता अजम्बरी छ ।।

छिनभरमै बिलाई जाने बालुवाको घर जस्तो ।।।।

सम्बन्ध नभएका होइनन् यहाँ

तर आमा तिम्रो सम्बन्ध त मसँग मृत्युपर्यन्तसम्म रहिरहन्छ ।।।

आमा तिमी कति महान् छ्यौ ।।।।

दु:ख होस् या सु:ख होस हरेक पल आमा तिमि सधैं मेरो साथमा हुन्छ्यौ

दुखेको घाउमा मलम लगाउन र हर्षको आँशु पुछिदिन तिमि लगातार लागिरहन्छ्यौ

मलाई थोरै चोट लाग्दा आमा तिमिलाई धेरै दुख्छ ।।

मेरो सफलतामा आमा तिम्रो आँखाबाट हर्षको आँशु र्झछ ।।

यहाँ म सफल हुदाँ मेरा साथ दिने त धेरै छन् आमा ।।

तर असफलता र मलाई दुख्दा रुने तिमि मात्र एक हौ  ।।

पाइलै पिच्छे नाफा घाटाको लेखा जोखा राख्नेको कमि छैन यहाँ

थोरै दिएर धेरै असुल्ने को ताति छ जहाँ ।।

आमा म त्यस्तो समाजमा छु जहाँ दिने भन्दा लिने धेरै छन् ।।

जब म दिन सक्दीन नी आमा

तब मेरो चरीत्र र अस्तित्वको खिल्लिउदाईन्छ हेर

जहाँ बिना कारण तिमि पनि मुछिन्छ्यौ आमा

तिमिले राम्रो संस्कार दिन सकेनौं भनेर

आमा त्यतिबेला मेरो चित्त पनि धेरै दुख्छ ।।

मन भक्कानिएर आउँछ ।।

तर पनि म रुदिन आमा

किनकी मलाई थाहा छ मेरा आँखाबाट खसेका प्रत्येक आँशुले तिमिलाई कति धेरै पिडा दिन्छ ।।

छुट्ने र टुट्ने नाता त यहाँ धेरै हुछन् आमा

एक तिमि मात्र हौ आमा जिन्दगीभर सधै साथ रहन्छ्यौ ।।

यहाँ त मान्छे यति धेरै स्वार्थि भइसके आमा

दुहुनु गाईलाई मात्र घाँस पराल दिन्छन् थारो भएपछि अलपत्र पारेर लखेटि दिन्छन्। ।।

 म पनि त्यही गाई जस्तै हुँन्थे होला आमा यदि तिमिले त्यति धेरै दुख गरेर नपढाएको भए

तर म फालिन दिन्न आफुलाई आमा किनकी तिमि छौ नि त मसँग ।।

तिमि मात्र एक हौं जसले सधै दिइरहन मात्र खोज्छ्यौ बदलामा कहिले केहि माग्दिनौं

आमा तिमी कति महान् छ्यौ ।।।।

आमा तिमि देवी हौं, धर्ति हौं, जननि हौं मायाकी खानि हौं

त्यसैले त म भन्छु आमा तिमि महान् छ्यौ ।।।

तिमिलाई कोटी कोटी प्रणाम मेरो ।।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु