काठमाडौं । भारतले नेपालको राजदूतमा विनयमोहन क्वात्रालाई प्रस्ताव गरेको छ । भारतको मन्त्रिपरिषद्ले सोमबार उनलाई नेपालका लागि राजदूतमा नियुक्त गर्ने निर्णय गरेर प्रस्ताव गरेको हो । सन् १९८८ ब्याचका विदेश सेवाका अधिकृत क्वात्रालाई अघिल्लो महिना भारतीय राजदूत मञ्जिभसिंह पुरी दुई वर्षको कार्यकाल सकेर फर्केपछि नयाँ राजदूतमा पठाउन लागिएको हो । राजदूत पुरी गएको लामो समयपछि भारतले क्वात्रालाई राजदूत बनाएर पठाउन लागेको हो ।

यसअघि सन् १९६४ मा राजदूत रहेका हरिश्वायर दयाल राम्चेको यात्रामा निस्कँदा हाई अल्टिट्युडका कारण निधन भएपछि तीन महिना नेपालमा राजदूत रिक्त रह्यो । तीन महिनापछि श्रीमननारायण नेपालको राजदूत भएर आए । उनी नेहरूका विश्वासपात्र रहेको विदेश मामिलाका जानकारहरू बताउँछन् । नेपालको राजनीतिक मामिलाको विषयमा जानकारी राखेर उनी सिधै भारतीय प्रधानमन्त्री नेहरूलाई सम्पर्क राख्ने कूटनीतिज्ञ थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

हाल नेपालका लागि राजदूत भएर आउन लागेका क्वात्रा प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र हुन् । नेपालको राजनीतिक अवस्थालाई कूटनीतिक रूपमा बुझ्ने व्यक्तिका रूपमा पनि उनी चिनिन्छन् । नेपालमा लामो समय बसेर यहाँको परिस्थिति बुझेकाले नै विनोदमोहनलाई भारत सरकारले राजदूतमा सिफारिस गरेको विदेश मामिलाका जानकार बताउँछन् ।

३० वर्ष भारतीय विदेश सेवामा कार्यरत क्वात्राले यसअघि फ्रान्सको राजदूत भएर काम गरिसकेका छन् । उनले फेबु्रअरीदेखि नेपालको कार्यकाल सम्हाल्नेछन् । सन् २००६ देखि २०१० सम्म क्वात्राले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० सचिवालयको व्यापार, अर्थ तथा वित्त ब्युरो प्रमुख भएर नेपालमा काम गरे । आजको राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु