काठमाडौं । अमेरिकामा केन्द्रीय कार्यालय रहेको एभरेष्ट तेक्वान्दोको नेपाल शाखाको आयोजनामा दोस्रो संस्करणको एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता माघ २ गतेदेखि शुरु हुने भएको छ ।

आगामी माघ ४ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा सात प्रदेशबाट एक हजार २०० खेलाडीले प्रतिस्पर्धा गर्ने यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक सञ्जीव फुयाँलले जानकारी दिनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रतियोगितामा पुरुष ग्योरोगीतर्फ ३८ र महिलामा पनि समान ३८ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी पुम्से विधामा पुरुषतर्फ १२ र महिलातर्फ पनि समान १२ तौल समूहमा खेल हुनेछ । त्यस्तै प्रतियोगितामा ११० स्वर्ण, ११० रजत र २२० कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको टिम च्याम्पियन टोलीले रु एक लाख तथा उपविजेताले रु ५० हजार पाउनेछन् भने तेस्रो हुनेले रु २५ हजार पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट महिला र पुरुष घोषित हुने खेलाडीले जनही रु १० हजार पाउनेछन् ।

प्रतियोगिताको दौरान सहभागी सातवटै प्रदेशका उत्कृष्ट तथा विपन्न डोजाङलाई रु एक लाख ५० हजार बराबरको खेल सामग्री वितरण गर्ने आयोजकले जनाएको छ । उक्त प्रतियोगिताको खेल सातदोबाटोेस्थित नेपाल तेक्वान्दो एकेडमीको हलमा हुनेछ ।

सम्बन्धित खबरहरु