काठमाडौं । यात्रुसहितको गाडी दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । तनहुँको देवघाटमा प्रहरी बोकेको मिनिट्रक दुर्घटना हुँदा एक प्रहरीको मृत्यु भएको हो । देवघाटमा भएको मेलामा सुरक्षा दिएर फर्कने क्रममा भ्यान दुर्घटना भएको बागमती प्रदेशका ट्राफिक इन्चार्ज एसपी प्रकाश रानाभाटले जानकारी दिनुभयो ।

दुर्घटना तनहुँको देवघाटमा भएको हो । जानकारी अनुसार यस घटनामा १६ जना घाइते भएका छन् । यसमा पनि ४ जना गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते र अन्य घाइतेहरु सबैको चितवनको पुरानो मेडिकल कलेज र नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । गम्भीर केहीलाई काठमाडौं ल्याउने तयारी पनि भईरहेको छ । दुर्घटनाको कारण पनि खुल्न सकेको छैन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु