काठमाडौं । नेपाल प्रहरीले सप्तरीको रुपनी गाउँपालिका–१ का १८ वर्षीय प्रमोदकुमार यादवलाई खसी र बोका चोरी गरेको आरोपमा पक्राउ गरेको छ । स्थानीयवासी सीताराम यादवको गोठमा बाँधिराखेको एक खसी र दुई बोका चोरी गरी विक्री गरेको आरोप लगाउँदै प्रमोदलाई बुधबार नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । उहाँका अनुसार यादवले चोरी गरेका ती खसी र बोकालाई सिरहा नगरपालिका–८ बस्ने सकुन्तीदेवी साहलाई सस्तो मूल्यमा बिक्री गरेका थिए । प्रहरीले खसी खरिदकर्तालाई समेत पक्राउ गरेको जनाएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु