विमानस्थलमा प्रहरीले खोल भनेपछि गायिका आस्था राउतले गरिन् तथानाम गाली [भिडियोसहित]

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार २ माघ, २०७६

काठमाडौं । पछिल्लो पुस्ताकी चर्चित गायिका आस्था राउत विवादमा तानिएकी छन् । उनले आफू कार्यक्रमका लागि सिक्कीम जाँदै गर्दा झापाको भद्रपुर विमानस्थलमा प्रहरीले दु’र्व्यवहार गरेको भन्दै दिएको अभिव्यक्ति विवादमा तानिएको छ । सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा प्रहरीलाई तथानाम गा’ली गरेको देख्न सकिन्छ । उनले प्रहरीले आचरण सुधार्नु पर्ने भन्दै दबङ शैलीमा हा’न्न मन लागेको भिडियोमा बोलेकी छन् । उनी आफू हतारमा रहेको र प्रहरीले चेक गर्दा अपमान गरेको उनको आरोप छ ।

उनको भिडियो सामाजिक सञ्जाल फेसबुकमा राखिएको छ । उनले प्रयोग गरेका शब्द र बिचार एकदमै तल्लो स्तरको रहेको छ । प्रहरीमा माथिल्लो तहका व्यक्तिहरुको शैली राम्रो भए पनि केही व्यक्तिहरुको आचरण खराब भएको उनले जानकारी दिईन । आफुलाई तत् भनेकोमा आस्थाको चित्त दुःखेको भिडियोमा देख्न सकिन्छ । चेक गर्ने क्रममा उनलाई प्रहरीले ज्याकेट खो’ल भनेपछि उनलाई आफ्नो अपमान गरिएको महसुस गरेको देख्न सकिन्छ । उनले पटकपटक घरमा पनि कसैले तँ नभनेको भन्दै प्रहरीले किन भनेको भन्दै प्रश्न खडा गरेकी छिन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु