काठमाडौं । पनौती नगरपालिका–५ ढलमलेस्थित मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पनौती नगरपालिका–५ का ५० वर्षीय रामहरि देउजा रहेका छन् । पनौतीबाट बनेपातर्फ आउँदै गरेको प्रदेश ३–०२–०१ प ०४७७ नम्बरको मोटरसाइकलले बुधबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका देउजाको उपचारका क्रममा नागरिक अस्पताल भक्तपुरमा मृत्य भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । मोटरसाइकल चालक रोशी गाउँपालिका–१० का जगतमान थिङलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान र कारवाहीको प्रक्रिया अगाडि बढाएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले बताउनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

[caption id="" align="alignnone" width="1024"] File Photo[/caption]

सम्बन्धित खबरहरु