पर्सा । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कानूनी तथा मनोसामाजिक नि:शुल्क परामर्श केन्द्रको बिहीबार वीरगंज महानगरपालिका-६ स्थित वडा समितिको कार्यालय लाठगल्लीमा आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । ला'गूऔ'षध प्रयोग, रोकथाम र नियन्त्रणका लागि नेपाल प्रहरी र बीरगञ्ज महानगरपालिकाको सहकार्यमा उक्त केन्द्रको उदघाटन गरिएको हो ।

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले परामर्श केन्द्रमार्फत स्थानीय निकाय, संचारकर्मी र प्रहरी सबै पक्ष सहकार्य गरेर अगाडि बढ्न सके सुरक्षित वातावरण निर्माण गर्न सकिने उल्लेख गर्दै सबैले हातेमालो गरी अगाडि बढेमा समृद्ध नेपाल बनाउन सकिने बताउनुभयो । स्थानीय तहले अघि बढाएको विकास निर्माण कार्यका लागि सुरक्षा संयन्त्रको रुपमा नेपाल प्रहरीले पूर्ण साथ र सहयोग गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

कार्यक्रममा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक प्रद्युम्न कार्की र ला'गूऔ'षध नियन्त्रण ब्यूरो कोटेश्वरका प्रहरी बरिष्ठ उपरिक्षक बसन्त लामा, स्थानीय जनप्रतिनिधिहरु, प्रहरी कर्मचारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत स्थानीय भद्रभलादमी एवं संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबरहरु