काठमाडौं । सिरहाका विभिन्न स्थानबाट प्रहरीले एकै दिन ला'गुऔ'षधसहित आठ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय लहानबाट खटिएको टोलीले स११ प ८०१, स८प ७९८१, स७ प ७८५४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा ला'गुऔ'षधसहित गएराति लहान नगरपालिका– ८ का २२ वर्षीय राकेशकुमार महतो, २० वर्षीय कान्छा महतो, २२ वर्षीय सुमित गुप्ता, लहान– २ का २५ वर्षीय लक्ष्मेश्वर महतो र २६ वर्षीय धनिकलाल महतोलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाको साथबाट ला'गुऔ'षध ब्रा'उन सु'गर एक ग्राम ९० मिलिग्राम र गाँ'जा १० ग्राम ६७० मिलिग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो । यस्तै सिरहाको भगवानपुर गाउँपालिका– ५ इनर्वाबाट प्रहरीचौकी ठाडीको टोलीले ला'गुऔ'षधसहित लहान– ५ का २० वर्षीय मोहम्मद समीरलाई पक्राउ गरेको छ । पक्राउ परेका समीरको साथबाट ला'गुऔ'षध फेनारगन सात एम्पुल, डाजिल्याब सात एम्पुल, नामलेबल नभएको सात एम्पुल बरामद् गरिएको प्रहरीले जनाएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रहरीचौकी खिरौनाबाट खटिएको प्रहरी टोलीले सिरहा–१६ खिरौनाबाट प्रतिबन्धित ला'गुऔ'षधसहित सिरहा–२ का १९ वर्षीय रामभरोसी मुखिया र कल्याणपुर नगरपालिका– २ का १८ वर्षीय अजितकुमार मुखियालाई पक्राउ गरेको छ । भारततिरबाट आउँदै गरेका दुवै जनालाई शङ्का लागेर जाँच गर्दा ला'गुऔ'षध नाइट्रोभेट २५ ट्याबलेट, नर्फिन एक एम्पुल, फेनारगन एक एम्पुल, डाइजेपाम एक एम्पुल र एमिल एक बरामद गरिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

यसैबीच कु'टपि'ट मुद्दामा जिल्ला अदालतबाट दुई महिना नौ दिन कैद र रु पाँच हजार जरीवानाको सजाय पाएर फरार औरही गाउँपालिका– २ का ५० वर्षीय गङ्गा यादवलाई जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको छ । जिल्ला अदालतले कु'टपि'ट मुद्दामा २०७१ असोज २ गते कैद र जरिवानाको सजाय सुनाए लगत्तै फरार यादवलाई घर वतनमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु