काठमाडौं । साहुको दबाब र चक्रवृत्ति ब्याज तिर्न नसकेपछि चन्द्रागिरि नगरपालिका–४, थानकोटका ३७ वर्षीय विनय लामिछाने बच्चासहित त्रिशूली नदीमा हाम फाल्न पुगेको तथ्य खुलेको छ । विनय र २७ वर्षीया श्रीमती जमुना रेग्मीले दुई वर्षीय र ६ महिनाका छोरा लिएर बेनिघाटरोराङ गाउँपालिकामा पर्ने बाँदरे नजीकै त्रिशूली नदीमा बिहीबार साँझ हाम्फालेको प्रहरीले जनाएको छ ।

हाम्फालेको देखेपछि स्थानीयवासीले विनयलाई जीवितै उद्धार गरेका थिए । उहाँकी श्रीमतीको भने निधन भैसकेको थियो । छोराहरु भने अझैसम्म फेला परेका छैनन् ।

नदी धमिलो भएको र पानी परिरहेकाले खोजीमा समस्या आइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । घाइते अवस्थामा रहेका विनयको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ ।

चन्द्रागिरि नगरपालिका—४, थानकोटमा बसोबास गर्दै आएको परिवार चर्को ब्याज तिर्न नसकेपछि आ’त्मह’त्याको निर्णयमा पुगेको जमुनाले आफ्नो अङ्ग्रेजी नाम उल्टो बनाएर फेसबुकमा लेखेको स्टाटसमा उल्लेख छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

जमुनाका दाजु धादिङको गल्छी गाउँपालिका–३ का वडाध्यक्ष कपिल रेग्मीको परिवारलाई सानो छोराको पास्नी (भातखुवाइ) मा आउँदै गरेको खबर गरेर यो परिवार सिधै बेनिघाट पुगेको थियो । विनयको घरमा ऋणका कारण आफूहरुले आ’त्मह’त्यालाई नै अन्तिम विकल्पका रुपमा रोजेको ‘सु’साइड नो’ट’ भेटिएको प्रहरीले जनाएको छ ।

विनयले शेयर लगानी गर्न विभिन्न व्यक्तिबाट मिटर ब्याजमा करीब रु एक करोड ५० लाख ऋण लिएको ‘सु’साइड नो’ट’बाट पत्ता लागेको जिल्ला प्रहरीले जनाएको छ । विनयलाई आ’त्मह’त्या दुरुत्साहनमा मुद्दा चलाउने तयारी भइरहेको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।

सम्बन्धित खबरहरु