आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१०/०५ देखि २०७६/१०/०७) जारी समय : विहान ६:०० बजे / नेपाल सरकार / उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) (जारी मितिः २०७६-१०-०५, विहान ६:०० बजे)

मौसम विश्लेषण) Meteorological Analysis):- नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिक रुपमा सुधार हुंदै गईरहेको छ।

मौसमको अवस्था )Present Weather Status): देशको पूर्वी भू-भाग लगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकि भू-भागको मौसम सामान्यतया सफा रहेको छ । उपत्यका तथा तराईका केहि स्थानहरुमा हुस्सु/कुहिरो समेत लागेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ ५ गते (आइतबार) दिउँसो : देशको पूर्वी भू-भाग लगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ | पूर्वी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ । रातीः देशको पूर्वी भू-भाग लगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ | पूर्वी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुन सक्ने संभावना रहेको छ ।

माघ ६ गते (सोमबार) दिउँसो : पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने छ । रातीः पहाडी भेगमा आंशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रही पश्चिमी पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

माघ ७ गते (मंगलबार) दिउँसो : पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रही पश्चिमी पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । रातीः पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):- देशका पहाडी भूभागका एक दुइ स्थानमा हल्का बर्षा सहित पश्चिमी उच्च हिमाली भेगका एक दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको साथै उपत्यका लगायत तराईका केही स्थानहरुमा हुस्सु/कुहिरो समेत रहने भएकोले चिसोबाट बच्नु हुन सर्वसाधारण लाई अनुरोध छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु