काठमाडौं । अमेरिकाको पोर्टो रिकोमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । यो एक क्यारिबियन टापु हो र पहाड, झरना र एल युन्क उष्णकटिबंधीय वर्षावनको परिदृश्य सहितको संयुक्त राज्य अमेरिकामा पर्ने एक टापु हो । राजधानी र सबैभन्दा ठूलो शहर सान जुआनमा, इस्ला वर्डे क्षेत्र यसको होटल पट्टी, समुद्र तट बारहरू र क्यासिनोहरूको लागि परिचित छ ।

यसको पुरानो सान जुआन छिमेकमा रंगीन स्पेनिश औपनिवेशिक भवनहरू र एल मोरो र ला फोर्टालिजा, विशाल, शताब्दी पुरानो किल्लाहरू छन् । यहाँ आज बिहान (नेपाली समय अनुसार बिहान ८ बजे आसपास) भूकम्पको धक्का महसुस गरिएको हो । यस क्षेत्रमा प्रायःभुकम्पको जोखिम भइरहने गर्दछ ।

शनिबार राती (स्थानीय समय अनुसार ९ बजे आसपास) भूकम्पको धक्का महसुस गरिएको हो । रातीको समयमा भुकम्प आएपछि मान्छेहरुको भागाभाग भएको जानकारी दिइएको छ । भुकम्प ४.१ म्याग्नेच्युटको भएको अधिकारीहरुले जानकारी दिएका छन् । भुकम्पबाट कुनै क्षति भए नभएको भन्ने जानकारी आएको छैन ।

यो भन्दा पहिले २८ डिसेम्बरमा ४.७ रेक्टर स्केल, जनवरी ७ मा ६.४ रेक्टर स्केलको भुकम्पको धक्का महसुस गरिएको थियो । अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार १४ देखि १५ जनवरीका बीचमा कम्तीमा १८ पराकम्पहरु महसुस गरिएको छ । आजको भुकम्पको गहिराई ६ किलो मिटर तल रहेको थियो । अहिले पनि यस क्षेत्रका जनतामा त्रास देखिएको छ । News

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु