काठमाडौं । नेपालीमा २ जोईको पोई कुना बसि रोई भन्ने उखान खुबै प्रचलनमा छ । तर मिलाउन सक्ने हो भने कुना बसेर रोईराख्नु पर्दैन । यस्तै एक घटना भारतको झारखण्डको राजधानीबाट आएको छ । यहाँ राँचीको सदर पुलिस थानामा शनिबार एउटा निकै अचम्मको घटना भयो । श्रीमती र प्रेमिकाले एक व्यक्तिलाई आफूसँग बस्नका लागि आपसमा बाँडफाँड गरेका छन् ।

 

यी दुईबीच भएको सहमती अनुसार श्रीमान् हप्तामा तीनदिन श्रीमतीसँग बस्नेछन् भने अर्को तीन दिन प्रेमिकासँग बस्नेछन् । र एक दिन श्रीमानलाई उनीहरुले छुट्टी पनि दिएका छन् । शनिबार ती व्यक्तिकी प्रेमिकाले प्रेमीले आफूसँग गरेको सम्झौता तोड्दै पाँच दिनदेखि घर नआएको भन्दै प्रहरी चौकीमा उजुरी दिइन् ।

श्रीमान्, श्रीमती र तेस्रो व्यक्तिबीचको चक्करमा पुलिस पनि तनावमा परेको भास्करले लेखेको छ । प्रहरीले श्रीमान राजेश कुमारलाई चौकीमा बोलाएर सम्झाएको र राजेशकी श्रीमती र प्रेमिकाबीच सहमती भएको समाचारमा बताइएको छ । प्रहरीको उपस्थितीमा प्रेमिका र श्रीमतीले सम्झौता गरेका हुन् ।

 

राजेशले पछि प्रेमिकालाई पनि विवाह गरेको बताइएको छ त्यसकारण हप्तामा तीन दिन जेठी श्रीमती र अर्को तीन दिन कान्छी श्रीमतीसँग उनी बस्नेछन् । एक दिन उनका लागि विदा हो, उनी त्यस दिन स्वच्छाले जहाँ पनि बस्न सक्नेछन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु