काठमाडौं । सामाजिक सञ्जालमा अहिले आस्था राउत निकै चर्चामा रहेकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटीमा रहेकी प्रहरी जवान रमीता श्रेष्ठले आफूमाथि दुर्व्यवहार गरेको भन्दै गायिका राउतले सामाजिक सञ्जालमार्फत आक्रोशपूर्ण अभिव्यक्ति बबाल भएको छ । गत बुधबारको सो घटनाको विषयलाई लिएर मानिसहरुले पक्ष र विपक्षमा विचार व्यक्त गर्दैछन् । सीसीटीभीको फुटेज सार्वजनिक भएपछि यस घटनाले गायिका राउत बढी आलोचित हुन परेको छ । यो सँगै उनले पटकपटक माफि पनि मागेकी छिन् ।

यस घटनामा रमिताले अभद्र व्यवहार गरेको आरोपमा गायिका आस्थाविरुद्ध मुद्धा दायर गरेकी थिइन् । राउतलाई तत्काल पक्राउ गर्न भनिएको छ । यसैक्रममा गायिका आस्था र प्रहरी जवान रमिताबीच भएको वादविवाद देख्ने प्रत्यक्षदर्शी सुमन देउजाले गायिका आस्थाको धर्यता र शालिनता नदेखिएको उल्लेख गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत देउजाले सो घटनाको सीसीटीभी फुटेज सार्वजनिक भएपछि यसबारे बोल्न आफूमाथि दबाब आएको भन्दै यस्तो बताएका छन् । उनले लेखेको अंग्रेजी स्टाटसको नेपाली भानुवाद तल हेर्नुहोस, ‘मेरा फेसबुक साथीहरूले मलाई यस्तो प्रश्न सोधे कि म यो भिडियोमा छु वा छैन..हो म यो भिडियोमा म छु । मैले सबै कुरा देखेको छु र म यो भन्न सक्छु कि यो आस्थाको गल्ती हो...पुलिसवाइमन(रमिता)ले भर्खरै आफ्नो काम गरिरहेकी थिईन । उनीले सबै कुरा जाँच्न १०० प्रतिशत पाउँछिन् ।

https://www.facebook.com/suman.deuja.5/posts/10157780517045675

मलाई थाहा छ कि आस्था सेलिब्रिटी हुन सक्छ तर उनले नियम कानुन पालना गर्नुपर्दछ । फ्लाइट छुट्न लागेको भन्दै हतारिन् । हतार हुने भए चाँडै आउनु पर्ने महिला प्रहरीले बताइन् । त्यसपछि आस्थाले ज्याकेट खोलेर चेक गर्ने मेसिनमा राखिन् । ज्याकेट चेक गरेर फर्केकी आस्थालाई उनको कफि महिला प्रहरीले दिइन् ।

उनले लिन नमान्दा टेबुलमा कफि पोखियो । तत् पश्चात टेबुलमा पोखिएको कफि पुछ्न र डसविनमा फ्याल्न महिला प्रहरीले आस्थालाई भनिन्, आस्थाले मानिनन् । महिला प्रहरी आफ्नो जिम्मेवारी पूरा गरिरहेकी थिइन् । महिला प्रहरी सही छिन् । महिला प्रहरीलाई उनले राम्रो काम गरेकोमा सलाम गर्न चाहन्छु ।’

सम्बन्धित खबरहरु