लाइसेन्स निकाल्न पहिले भन्दा यसकारण अब सजिलो


काठमाडौं । पाथीभरा ड्राइभिङ सेन्टर सञ्चालनमा आएपछि सवारी सिक्नका लागि सहजता थपिएको हो । जिल्लामा सवारीसाधन सिक्न प्रशिक्षण केन्द्र नहुँदा स्थानीयवासीलाई निकै सास्ती हुँदै आएको थियो । अब सवारीसाधन सिक्न धरान, विराटनगर तथा काठमाडौँ धाउनुपर्ने स्थानीयवासीको बाध्यता हटेको छ । स्थानीयको समय र खर्चको बचत भएको छ ।

 

स्थानीय प्रशिक्षार्थी भीमबहादुर तामाङले भन्नुभयो, “पछिल्लो समय जिल्लामा सवारी साधन सिक्ने केन्द्र सञ्चालनमा आएपछि धेरै सहज भएको छ । सवारीसाधन सिक्न अन्यत्र जानुपर्ने बाध्यता हटेको छ ।” सहजरूपमा सवारीसाधनको सीप लिन पाउँदा स्थानीय युवा खुशी भएका छन् । स्थानीय तहले युवालाई स्वरोजगार बनाउनका सवारीसाधन सञ्चालन तालीम राख्नुपर्ने स्थानीयवासीको बताउँछन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

भोजपुर नगरपालिका–७ का प्रशिक्षार्थी समिर मोक्तानले भन्नुभयो, “आफ्नै ठाउँमा सीप सिक्न पाउनु निकै राम्रो अवसर हो, यसरी सीप सिकेपछि स्वरोजगार बन्न टेवा पुग्ने देखिन्छ, स्थानीय सरकारले आगामी दिनमा युवालाई स्वरोजगार बन्ने खालका कार्यक्रम ल्याउन आवश्यक छ ।” स्थानीय युवा सुमन प्रधानले सदरमुकामबाट दुई किलोमिटर पश्चिममा रु १२ लाख लगानीमा पाँच रोपनी जग्गा १० वर्षका लागि भाडामा लिएर सेन्टर सञ्चालनमा ल्याउनुभएको हो ।

शुरुआती चरणमै सवारी सिक्नेको सङ्ख्या धेरै रहेकाले त्यसलाई समय निर्धारण गरेर प्रशिक्षण दिँदै आएको सेन्टरले जनाएको छ । उहाँले भन्नुभयो, “स्थानीयवासीको सेवालाई ध्यानमा राखेर सेन्टर सञ्चालनमा ल्याएको हँु, यसप्रति स्थानीयवासीको मोह बढ्दै गएको छ, यहाँ सिक्ने कतिपय स्वरोजगारसमेत बनेका छन् ।” पछिल्लो समय बिना सीप सवारीसाधन चलाउँदा दुर्घटनाको क्रम बढ्दोरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
परीक्षा सम्बन्धमा आएको यस्तो हल्लाको पछि नलाग्नुहोस्
त्रिविले गर्यो नतिजा प्रकाशित, एक क्लिकमा अनलाइन यसरी हेर्नुहोस्
कोरोनालाई ध्यानमा राखेर त्रिविले जारी गर्यो यस्ता महत्वपुर्ण जानकारी [सुचनासहित]
सरकारको निर्णय मान्दै त्रिविले सबै परीक्षा र पठन–पाठन त रोक्यो तर विदा अर्को वर्ष मिलाउने
परीक्षा स्थागित गर्ने सरकारको निर्णयबारे त्रिवि बल्ल बोल्यो [सुचनासहित हेर्नुहोस्]
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता

सूचना विभाग दर्ता प्रमाणपत्र नं. ८३१/074-75
संचालक / सम्पादक : इन्द्र प्रसाद आचार्य

        || थप...

Designed by appharu.com