काठमाडौं । दुई पक्षबीच भएको लडाँईमा एक जनाको ज्यान गएको छ । धादिङको खनियावास गाउँपालिका ४ दार्खा घाम्सामा युवाबीच झ डप हुँदा १ जनाको मृत्यु भयो भने अर्का एक गम्भीर घाइते भएका हुन् । मंगलबार राती भएको झ डपमा स्थानीय शान्त तामाङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । फ लामे ढु ङग्रो प्र हार गर्दा तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

त्यस्तै उक्त घटनामा रविन तामाङ गम्भीर घाइते भएका छन् । उनको काठमाडौंस्थित ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ । प्रहरीले दुई समुहबीचको पुरानो आपसी विवादको कारण झ डप भएको हुनसक्ने आशंका गरेका छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले नेत्रावती डापजोङ गाउँपालिका १ का राम तामाङ र रोशन तामाङलाई नियन्त्रणमा लिएर सोधपुछ थालिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु