काठमाडौ । अत्यधिक जाडोका कारण मङ्गोलियामा २६ हजारभन्दा बढी जनावरको मृत्यु भएको छ । शिशिर ऋतु चलिरहेकाले अत्यधिक चिसो भएको र ती जनावरहरुको मृत्यु भएको मङ्गोलियाका सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

मङ्गोलियाको राष्ट्रिय विपद् व्यवस्थापन निकाय (एनइएमए) का अनुसार यही जनवरी महिनामा पश्चिमी उभ्स प्रान्तलगायतमा यति धेरै जनावरको मृत्यु भएको छ ।

देशका २१ प्रान्तमध्ये ६ प्रान्तमा अहिले चिसोको बढी प्रभाव परेको छ । तीमध्ये पनि ९० प्रतिशत जनावर उभ्स प्रान्तमा मृत्यु भएको छ । घटनास्थल केन्द्रीय राजधानी उलान बाटोरदेखि झण्डै १३ सय किलोमिटर टाढा पर्दछ ।

मङ्गोलियामा जाडो मौसमका बेलामा धेरै जनावरको मृत्यु हुने गरेको अधिकारीहरुले बताएका छन् । यसअघि सन् २०१६ मा पनि दश लाखभन्दा बढी जनावरको यही शिशिर ऋतुमा जाडोकै कारण मृत्यु भएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु