काठमाडौं । त्रिभुवन विश्व विद्यालयले भर्खरै नतिजा सार्वजनिक गरेको छ । त्रिविले स्नातकोत्तर तहको नतिजा प्रकाशित गरेको जानकारी दिएको छ । त्रिविका अनुसार Master of public administration (MA ) र Master of political science (MPA) को नतिजा सार्वजनिक गरिएको हो । त्रिविले २०७५ समुहको नतिजा सार्वजनिक गरेको जानकारी दिएको छ । अनलाइन नतिजा हेर्नका लागि यहाँ थिच्नुहोला ।

यो पनि, निर्वतमान राष्ट्रिपति डा रामवरण यादवले सूचना प्रविधिको विकासले नै राष्ट्र विकसित र नेपाली समाज समृद्ध हुने धारणा व्यक्त गर्नुभएको छ । उहाँले सूचना प्रविधिमा विकास गरेका मुलुकनै समृद्ध भएकाले विद्यलायस्तरबाट सूचना प्रविधिबारे छात्रछात्रालाई ज्ञान दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

वीरगञ्जमा आजदेखि शुरु भएको क्यान इन्फोटेक मेला २०७६ को उद्घाटन गर्दै पूर्वराष्ट्रपति डा यादवले शिक्षा, स्वास्थ्य, व्यापारदेखि रोजगारका क्षेत्रमा सूचना तथा विज्ञानलाई समावेश हुनेगरी नीति निर्माण हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले सूचना तथा विज्ञानको सवल तथा दुर्वल पक्षको समेत जानकारी दिँदै नेपाली समाजलाई प्रविधिमैत्री बनाउनुको विकल्प नरहेको विचार व्यक्त गर्नुभयो ।

क्यान नेपाल पर्सा जिल्ला अध्यक्ष दीपक साहको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा क्यानका केन्द्रीय अध्यक्ष नवराज कुँवरलगायतका वक्ताले विद्यालयस्तरमा सूचना प्रविधिलाई पाठ्यक्रममा समावेश गर्न जरुरी भएको धारणा व्यक्त गर्नुभएको थियो ।

सूचना प्रविधिको सदुपयोग तथा दुरुपयागेबारे युवा पुस्तालाई जानकारी नदिए यसले गलत बाटो पहिल्याउने खतरा भएकाले सरकारले यसबारे गम्भीर भएर सोच्ने बेला आएको उहाँहरुको भनाइ थियो । आजदेखि शुरु भएकोे प्रदेशस्तरीय प्रविधि तथा विज्ञान मेला माघ १३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

सम्बन्धित खबरहरु