अब जग्गाको मूल्य ह्वात्तै घट्ने : सरकारी मूल्यांकन भन्दा बढी मूल्यमा बेच्न नपाइने कानून


काठमाडौ । कालोधनले जग्गाकारोबार गरेर सम्पत्ति शुद्धिकरण गर्नेहरुका लागि सरकारले नयाँ नियम लगाएसँगै जग्गाको कारोबारमा ब्रेक लाग्ने भएको छ । बैंकहरुमा गो–एएमएल प्रणाली लागू भएपछि जग्गाको मूल्य ह्वात्तै घट्ने भएको हो ।

 

नयाँ नियम अनुसार चेक वा नगद जम्मा गर्दा अनिवार्य रुपमा विवरण खुलाउनुपर्ने छ । जग्गाको किनबेच भएको वास्तविक मूल्य देखाउनुपर्ने भएपछि जग्गाको भाउ घट्ने भएको हो । नयाँ प्रणाली अनुसार बैंकहरुमा रकम जम्मा गर्दा तीनपुस्ते सहित आम्दानीको स्रोत समेत खुलाउनुपर्ने हुन्छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुले १ माघ देखि ‘गो–एएमएल’ मा गएका छन् ।

जसका कारण जग्गा बेचेको वास्तविक मूल्य खुल्ने प्रमाण (लिखत) बैंकमा देखाउनुपर्ने हुन्छ । यसअघि धेरै मूल्यमा जग्गा बेचेपनि सरकारी मूल्यांकन अनुसारको मात्रै राजश्व तिर्ने चलन थियो । अब भने त्यसरी ठग्न नपाउने भएका छन् ।
बैंकहरुका अनुसार जति सरकारी मूल्यांकन हो त्यहि मूल्यमा जग्गा बेच्नुपर्ने हुन्छ । बिक्रेताले पछि बैंकमा रकम जम्मा गर्दा पनि जग्गा बेचेको लिखत देखाउनुपर्ने हुन्छ । त्यसकारण जग्गाको वास्तविक मूल्य भन्दा धेरै देखाउन पाईँदैन ।

अर्थमन्त्री, नेपाल राष्ट्रबैंकले यसरी नयाँ नियम ल्याएपछि खेतीयोग्य जमिन जथाभावी घडेरीको रुपमा बेच्ने र चर्को मूल्यमा जग्गाको कारोबार गर्ने क्रम रोकिने भएको बताइएको छ । उता खेतियोग्य जग्गाको जथाभावी कित्ताकाट रोकेको भूमि व्यवस्था मन्त्रालयले पनि बैंकमा रकम जम्मा गर्दा जग्गा बिक्रीको लिखत अनिवार्य गर्ने जनाएको छ ।

जसले गर्दा भ्रष्टाचार, हुण्डी तथा अन्य गैर कानूनी कारोबारबाट कालोधन जम्मा गरेकाहरुले जग्गामा लगानी गर्ने र बढी मूल्यमा किनेको वा बेचेको देखाएर कालोधन सेतो बनाउने बाटो समेत बन्द हुने भएको छ । यसका लागि सरकारी निकायहरु अर्थ मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, नेपाल राष्ट्रबैंक, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग तथा बैंकहरुको तालमेल भैरहेको बताइएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
युरो किड्स भक्तपुरले प्ले ग्रुप देखि नै दिन्छ आत्मारक्षा दिने करातेको ज्ञान
त्रिविद्धारा भर्खरै MBA, BIM र BBA को नतिजा प्रकाशित [नतिजासहित]
कानुन सङ्काय तर्फको ३ वर्षे एल.एल.बी. दोस्रो वर्षको परीक्षा तालिका प्रकाशित [तालिकासहित]
त्रिविद्वारा भर्खरै स्नातक तह दोस्रो वर्षको नतिजा प्रकाशित [अनलाईन नतिजासहित]
त्रिविले स्नातक तहमा पास गर्न नसकेकाहरुका लागि मौका समेत दिएर परीक्षा फारम खुलायो
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता