काठमाडौं। सुन्दै अनौठो । घरमा बिबाहको चटारो थियो । दुलाहाका घरमा दुलही भित्र्याउन बाबु आमा नै काममा ब्यस्त थिए । दुलहीका घरमापनि दुलाहाको स्वागतका लागि बाबु आमा व्यस्त देखिन्थे । बिबाहको विषयमा दुलाहाका बाबु र दुलहीकी आमाबीच बारम्बार फोनमा सम्पर्क भइरहेको थियो । कुराकानी कै क्रममा उनीहरु प्रेममा परे ।

 

छोरा छोरीको बिबाह उतार्न नपाउँदै उनीहरुले नै पहिले बिबाह गरे । बिबाहकै चटारोमा आमा बाबु हुनेवाला सम्धी सम्धीनी भागेपछि बिबाह अन्यौलमा पर्यो । यो घटनाले प्रेम अन्धो हुन्छ भन्ने चरितार्थ भएको छ । तर, कति अन्धो हुन्छ यो भने बुझ्न अझै सकिएको छैन । यस्तो घटना भारतको गुजरातको सूरत जिल्लामा भएको आज तकले लेखेको छ ।

यहाँ फेब्रुअरीमा एक जोडीको बिहे हुनेवाला थियो । तर, बिहेभन्दा पहिल्यै बेहुलाका पिताले बेहुलीकी आमा भगाइदिए । घटनापछि दुवै परिवारमा विवादसमेत भएको छ । हुनेवाला जोडीको विवाह तोडिएको छ । दुवै परिवारका अनुसार बेहुलाका पिता र बेहुलीकी आमाबीच पहिल्यैदेखि चिनजान थियो । अब दुवै परिवारले उनीहरुले बिहे गरिसकेको हुन सक्ने आशंका गरेका छन् ।

 

सूरतको काटरगामका युवकको बिहे नवसारीकी युवतीसँग हुनेवाला थियो । पुलिसका अनुसार बिहेको ठिक एक महिना अगाडि बेहुलीकी आमा घरबाट बेपत्ता भइन् । धेरै खोज्दा पनि नभेटेपछि परिवारले पुलिसमा गएर बेपत्ता भएको रिपोर्ट लेखाए । जाँचमा बेहुलाका पिता पनि त्यही दिनदेखि बेपत्ता भएको खुलासा भयो । भागेका दुवै अहिलेसम्म भेटिएका छैनन् । पुलिसमा रिपोर्ट गरेको १० दिन पछि दुवै परिवारले हुनेवाला वैवाहिक सम्बन्ध तोडे । यी दुईको विवाह १ वर्ष पहिले तय भएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु