ललितपुर । महालक्ष्मी नगरपालिका-१ ईमाडोल डेरा गरी बस्ने झापा पृथ्वीनगर घर भएका २५ वर्षीय संजोक लिम्बुलाई नियन्त्रित ला'गूऔ'षध डाईजेपाम ७४ एम्पुल, नुर्फिन ५८ एम्पुल र फेनारगन ७४ एम्पुल सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

लिम्बुले अ'वैध ला'गूऔ'षधको कारोवार गर्दै आएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी लिने क्रममा उक्त ला'गूऔ'षध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी ललितपुर ठैव हरिसिद्धी डेरा गरी बस्ने काभ्रेपलाञ्चोक नमोवुद्ध नगरपालिका-६ घर भएका २४ वर्षीय श्याम तामाङलाई नियन्त्रित ला'गूऔ'षध डाईजेपाम ४० एम्पुल, नुर्फिन ४० एम्पुल र फेनारगन ४० एम्पुल सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

तामाङले अ'वैध ला'गूऔ'षधको कारोवार गर्दै आएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी लिने क्रममा उक्त ला'गूऔ'षध सहित फेला पारी पक्राउ गरेको हो । दुवै जनालाई ला'गूऔ'षध मुद्धामा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

ललितपुर महानगरपालिका-१२ लगनखेल बसपार्कबाट १ थान हात्तीको दाह्रा सहित सिरहा धनगढीमाई नगरपालिका-१ मेदनिपुर घर भई ललितपुर महानगरपालिका-१ कुपण्डोल बस्ने ३७ वर्षीय ताराकान्त चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरको छ । महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनलाई उक्त दाह्रा सहित फेला पारी पक्राउ गरेको हो । यस समबन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

महालक्ष्मी नगरपालिका-५ टिकाथली डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका निर्दोष तिमिल्सिनाको कोठाबाट अन्दाजी २ तोला सुनको विभिन्न गहना र नगद १ लाख २८ हजार रुपैयाँ समेत गरी करिब २ लाख ७८ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार साँझ चोरी भएको छ । चोरीमा संलग्नहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु