काभ्रेस्थलीको जंगलमा सबै झस्किने यो जे भयो


काठमाडौं । काठमाडौंको काभ्रेस्थली जंगलमा सबै झस्किने घटना भएको छ । लोभमा फसेर पुगेका एक व्यक्ति नराम्ररी ठगिएका छन् । ‘बल्ने ढुंगा’ किन्ने भन्दै ५० लाख रुपैयाँ बोकेर पुगेका पुर्व सैनिक त्यहाँ लुटिएका छन् । आफ्ना साथीहरुको कुरा सुनेर शुक्रबार (९ माघमा) बल्ने ढुंगा किन्न काभ्रेस्थली पुगेका नेपाली सेनाका अवकाश प्राप्त सुबेदार बच्चुराम गुरुङ लुटिएका हुन् ।

 

जग्गा प्लटिङको काम गर्ने बच्चुरामलाई आफ्ना साथीहरुले ‘बल्ने ढुंगा बेच्ने मान्छे भेटेका छौं, मिलेर त्यो किनौं पछि करोडौंमा विक्री हुन्छ’ भनेपछि उनी ५० लाख रुपैयाँ बोकेर जंगलमा पुगेका थिए । उनी त्यहाँ गएका थिए बल्ने ढुंगा किन्न । तर न उनले ढुंगा किन्न पाए न त आफूसँग भएको ५० लाख रुपैयाँ नै जोगाउन पाए । किनकि बच्चुराम लुटिए । लुटेरा समूहले उनको साथमा भएको ५० लाख रुपैयाँ लुटे ।

आफू लुटिएको सूचना उनले महानगरीय अपराध महाशाखा काठमाडौंमा दिए । हालसम्म लुटपाटमा संलग्न ६ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुलबहादुर थापाले जानकारी दिए । बल्ने ढुंगा किन्न जाँदा पैसा लुटिएका बच्चुरामले जग्गा बैना गर्न बोलाएर आफूलाई सो समूहले लुटेको प्रहरीलाई बताएका छन् । लुटपाटमा संलग्न ६ जना पनि जग्गा प्लटिङ ब्यवसायमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

‘पीडितसँग सँगै गएकाहरु पनि लुटपाट गर्ने समूहसँग मिलेको देखिन्छ’ महानगरीय प्रहरी वृत बालाजुका डिएसपी रञ्जित सिंह राठौरले सनराइजखबरसँग भने–‘पीडितसँग उनीहरु एउटै ट्याक्सिमा गएको देखिन्छ ।’ पक्राउ परेकाहरुबाट अपराध महाशाखाको टोलीले १९ लाख रुपैयाँ नगद र दुईओटा मोटरसाईकल बरामद गरेको छ । बच्चुरामलाई लुटेपछी उनीहरुले नयाँ मोटर साईकल खरिद गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । यस बारे थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
युरो किड्स भक्तपुरले प्ले ग्रुप देखि नै दिन्छ आत्मारक्षा दिने करातेको ज्ञान
त्रिविद्धारा भर्खरै MBA, BIM र BBA को नतिजा प्रकाशित [नतिजासहित]
कानुन सङ्काय तर्फको ३ वर्षे एल.एल.बी. दोस्रो वर्षको परीक्षा तालिका प्रकाशित [तालिकासहित]
त्रिविद्वारा भर्खरै स्नातक तह दोस्रो वर्षको नतिजा प्रकाशित [अनलाईन नतिजासहित]
त्रिविले स्नातक तहमा पास गर्न नसकेकाहरुका लागि मौका समेत दिएर परीक्षा फारम खुलायो
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता