डोटी । राष्ट्रवादी नेताको रुपमा जनताबीच लोकप्रिय नेता भिम रावलले कुनै हालतमापनि राष्ट्रघाती एमसीसी सम्झौता पास हुन नदिने चट्टानी अडान दोहोर्याउनुभएको छ । सत्तारुढ नेकपाभित्रपनि प्रतिपक्षका नेताका रुपमा चिनीनुभएका नेता रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) राष्ट्रघाती भएको स्पष्ट पानुएभयो । उहाँले यो सम्झौता संसदबाट कुनैपनि हालतमा पारित हुन नदिने अडान दोहार्याउनुभएको छ ।

 

सुदुरपश्चिम प्रदेशको पार्टी ईन्चार्ज समेत रहनुभएका नेता रावलले दिपायलको सिलगढी नगरपालिकामा यस्तो दावी गर्नुभएको हो । जिल्ला सदरमुकाम सिलगढीमा भ्रमण वर्ष २०२० को उपलक्ष्यमा आयोजना गरेको बृहत् सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एमसीसी पास गरे देशलाई नै घाटा हुने बताउनु भएको हो । कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो एमसीसीको सम्झौता पत्रमा उल्लेख भएका कुरा नपढिकन कैयौँ नेताजीहरुले पास गरौँ भन्दै छन्, एकपटक सम्झौता पढ्नुस्, सही वा गलत आजै छुट्टिने छू । राष्ट्र र राष्ट्रियताका हितमा एमसीसी घातक भएको र पछिल्लो समय राष्ट्रिय चर्चाको विषय बनेकाले कुनै पनि हालतमा पास गर्न नहुने उहाँको तर्क छ ।

नेता रावलले भन्नुभयो, हामी नागरिकका सेवक हौँ, नागरिकको हित गर्नुपर्ने ठाउँमा किन अहित गर्ने । एमसीसी संसद्बाट कुनै पनि हालतमा पास हुन नदिने र त्यसको विरोधमा चट्टान बन्ने नेता रावलले दाबी गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले डोटी आफैमा सुन्दरताले भरिपूर्ण प्राकृतिक ठाउँ भएको र यहाँका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्न सके पर्यटन विकासमा उल्लेख्य सहयोग पुग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, डोटीले धार्मिक मन्दिर शैलेश्वरी, बडीकेदार र सुदूरपश्चिमकै प्रमुख पर्यटकीय स्थल खप्तडको प्रचारप्रसार गर्न सके हजारौँ पर्यटक भित्र्याउन सक्छ, जस्ले यहाँको पर्यटन विकास आफै हुनेछ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु