काठमाडौ । सरकारले स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरीको राजीनामा स्वीकृत गरेको हो। डा. चौधरीले गत १३ कात्तिकमा पदबाट राजीनामा दिएकी थिइन्।

विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)को कन्ट्री अफिस भारतका लागि पी ५ लेभलमा जागिर सुनिश्चित भएपछि उनले राजीनामा दिएकी हुन्। तर सरकारले उनको राजीनामा स्वीकृत गरेको थिएन। १७ कात्तिकमा बसेको मन्त्रिपरिषद बैठकले राजीनामा अस्विकृत गर्ने निर्णय गरेपछि डा. चौधरीले पुन स्वीकृतका लागि अनुरोध गरेकी थिइन्।

त्यसो त डा. चौधरीले राजीनामा स्वीकृत नहुँदै ३ नोभेम्बरबाट डव्लुएचओमा हाजिर भइसकेकी थिइन्। तर यता राजीनामा स्वीकृत हुन ढिलाइ हुँदा तनावमा थिइन्। मन्त्रिपरिषदको निर्णय सुनाउन बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले राजीनामा स्वीकृत भएको विषय जानकारी नै दिएनन्। तर, स्वास्थ्य मन्त्रालयमा भने राजीनामा स्वीकृत भएको जानकारी आइसकेको छ। उनी भारत गइसकेकी छिन् ।

सम्बन्धित खबरहरु