काठमाडौ । अभिनेत्री श्वेता खड्का, नाम सुन्ने बित्तिकै धेरैलाई लाग्छ उनी चर्चित नेपाली नायिका हुन् । स्वर्गीय पति नायक श्रीकृष्ण श्रेष्ठसँग दोलखाको खरिढुंगा क्षेत्रको पृष्ठभूमिमा गौरीशंकर हिमाल राखेर ‘के म तिम्रो हैन र कोहिनुर’ बोलका गीतमा गरेको कोहिनुर चलचित्रको अभिनयले उनलाई झनै चिनायो । चर्चित अभिनेता श्रीकृष्णसँग बिबाह गरेको केही समयमा नै अभिनेताको निधनले उनलाई दुखद स्मरण गरायो । तर धेरै कमलाई मात्र थाहा हुन सक्छ, उनी नेपालकी एक सफल बिजनेस आइकन पनि हुन् ।

चलचित्रमा झै पछिल्लो समय उनी बिजनेस ग्ल्याम (ग्ल्यामर्स) को बुलिस ट्रेन्डमा उनी छिन् । त्यसो त, चलचित्रको ग्ल्यामरमा प्रवेश गर्नुअघि नै खड्काले बिजनेसको गुलियो स्वाद चाखिसकेकी थिइन् । कलेज लाइफको रमाइलोमा भुल्ने १७ वर्षे उमेरमै उनले ऐश्वर्या इन्टेरियर इन्जिनियरिङमा मार्केटिङ डिपार्टमेन्टको जिम्मेवारी सम्हाल्न सुरु गरिन् । त्यही जागिरे अनुभवले खड्कालाई आफ्नै व्यवसाय गर्ने भोक जगायो । आकर्षक तलब हुँदाहुँदै पनि आफ्नो मनमा लागेको भोक मेटाउन ०६८ सालमा आफ्नै कम्पनी एमआरएस एन्ड इन्जिनियरिङ दर्ता गरेर बिजनेस ग्ल्यामरमा प्रवेश गर्ने आँट गरिन् ।

कम्पनी स्थापना भएदेखिकै कर्मचारीको सहकार्यमा उनको बिजनेसको दायरा र भोलुम बढिरहेको छ । उनी भन्छिन्, ‘काठमाडौँमा महिनैपिच्छे खुलेका कम्पनीहरुमा कर्मचारी तानातान भइरहेका बेला मेरोमा स्थापनाकालदेखिकै कर्मचारी टिक्नु भनेकै सफलताको पहिलो सूत्र हो ।’ यति मात्र हैन । उनको चलेको रेष्टुरापनि छ । कफि सपले उनलाई झनै चिनाएको छ । यसैले उनी नेपालकी एक सफल ब्यापारी हुन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

सम्बन्धित खबरहरु