काठमाडौ । सत्तारुढ दल नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रतिनिधिसभाको सभामुखमा अग्नि प्रसाद सापकोटा बोहक अरु उपयुक्त पात्र नदेखिएको दावी गरे । प्रतिनिधिसभाका सांसद सापकोटालाई सभामुख चयन गरियोस् भन्ने प्रस्ताव आइतवार संसदमा राख्दै उपनेता नेम्वाङले सापकोटाको विकल्पमा अन्य कसैको उम्मेदवारी नपरेकाले उपयुक्त पात्र नै उनी नै भएकाले चयनलाई पुष्टि गरेको बताए ।

 

बैठकमा नेता नेम्वाङले भने,‘ हाम्रो चयन उपयुक्त रहेछ भन्ने निष्कर्षमा पुगेको छु । किनकी सभामुख चयनका लागि हामीले प्रस्ताव गरिरहेको यो क्षणमा संसदका कसैले पनि उहाँको विकल्पमा अर्को प्रस्ताव सार्नु भएको छैन यो सौभाग्य र संयोगको कुरा हो ।’

संसदमा सबैलाई मिलाएर लैजाने जिम्मेवारी अग्नि सापकोटाबाट बहन हुन्छ भन्ने विश्वासका साथ सापकोटालाई सभामुखका रुपमा प्रस्ताव गरेको उनले बताए । यसअघि नेम्बाङलाई सभामुखको प्रतिष्पर्धिको रुपमा हेरिएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु