काठमाडौं । ह'त्या आरोपीलाई सभामुख बनाएपछि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विरोध जनाउनु भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रस्तावमा अग्निप्रसाद सापकोटालाई सभामुख बनाइएकोप्रति केसीले विरोध जनाउनु भएको हो । उहाँले आजै एक विज्ञप्ति जारी गर्दै, ‘राष्ट्रिय जनमोर्चाले यसलाई गलत मानेको छ र त्यसको लागि विरोध गर्ने निर्णय गरेको छ ।

ज्या'नसम्बन्धी मु'द्दाको आरोप लागेका सापकोटालाई सत्ताको दबाबको कारण उनी उपर उ'जुरी प्र'हरीले द'र्ता नगरी कानुनको गम्भीर उल्लंघन भएको छ ।’ भन्नु भएको छ । सर्वोच्चमा परेको रिटको पेशी बारम्बार सारेर त्यस सम्बन्धी न्यायोचित कारबाहीलाई अवरुद्ध गर्ने काम भएको भन्दै केसीले त्यस प्रकारको पृष्ठभूमिमा सापकोटालाई सभामुख पदमा निर्वाचित गरिनु गलत भएको उल्लेख गर्नुभएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु