काठमाडौ । बर्दियामा ठाकुरबाबा नगरपालिका वडा नं ६ वनखेत गाउँमा जङ्गली हात्तीले आतङ्क मचाउँदा तीन घर भत्काउनुका साथै सम्पत्ति नष्ट गरेको छ । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्किएको जङ्गली हात्तीले निकुञ्ज आसपास गाउँ पसी बेलाबेला छेउछाउका घर भत्काउनुका साथै सम्पत्ति नष्ट गर्दै आएका छन् ।

ठाकुरबाबा नपा– ६ वनखेत बस्ने चन्द्रकली आचार्यको कच्ची घर फोरेर अन्दाजी २० क्विन्टन धान नष्ट गरेको छ । त्यसैगरी सोही स्थानका जेगरुपी थारुको घर पनि भत्काएको छ भने अन्न एवं धनमाल नष्ट गरेको छ । सोही गाउँ बस्ने कुटु थारुको खरले छाएको कच्ची घर पनि हात्तीले भत्काएको सशस्त्र प्रहरीले हवल्दार सागर ढकालले जानकारी दिनुभयो । रासस

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु