काठमाडौं । उच्च शिक्षाका लागि वा जागिरका लागि अस्ट्रेलिया, अमेरिका लगायत पश्चिमा देशमा जाने नेपालीहरुको काण्ड समयसमयमा भाइरल हुने गर्दछ । पछिल्लो समय सामाजिक सञ्जालमा अस्ट्रेलिया काण्डका नाममा एउटा भिडियो खुबै भाइरल भयो । यी देशहरुमा कतिपय नेपालीका घट्नाक्रमले हाम्रो सामाजिक मर्यादा नाघेको पाइन्छ । विदेश गएपछि एकाएक पश्चिमा संस्कृतिमा रमाउने र आफूलाई त्यही रुपमा ढाल्न खोज्ने केही युवा युवतीहरुको प्रवृत्तिले नेपाली समाजमा ठुलो भुकम्प ल्याएको छ ।

 

पछिल्ला केही घट्नाक्रम नियाल्ने हो भने पनि यस खालका कुराहरु देख्न पाइन्छ । दाङमा दबङ शैलीमा हिँड्ने युवा सन्तोष (नाम परिवर्तन) ले फिल्मी शैलीमै प्रेम विवाह गरे । बिहेपछि बिक्कीले श्रीमतीलाई अस्ट्रेलिया पढाउने र आफू पनि डिपेन्डेन्टमा जाने सोच बनाए । अस्ट्रेलिया गएर काम पनि सुरू गरे । यसै क्रममा श्रीमतीलाई नर्सिङ पढाउन दिनरात दुःख गर्न थाले । सन्तोष नेपाल हुँदा पनि काममा जोशिला थिए । एक दिन श्रीमतीले नेपालमा भएका आफ्ना बाबुआमालाई भेट्नु भन्दै सन्तोषलाई नेपाल फिर्ता पठाइन् ।

करिब एक महिना नेपाल बसेर फर्कने क्रममा सन्तोषलाई त्रिभुवन विमानस्थलमा अध्यागमन विभागले रोक्यो र भन्यो ‘तिम्रो भिसा रद्द भइसक्यो ।’ २०२२ अगष्टसम्मको भिसा बोकेर नेपाल गएका सन्तोषलाई के थाहा, श्रीमती नै ‘भिलेन’ हुन्छिन् भन्ने कुरा । नेपाल आउँने वित्तिकै श्रीमतीले उनको डिपेन्डेन्ट भिसा रद्द गरिदिएको खुल्न आएको छ । सन्तोष एक प्रतिनिधि पात्र मात्रै हुन, यस्ता घटनाहरु लगातार बढ्दै गइरहेका छन् । लालचले गर्दा नक्कली विवाह गरेर विदेशमा पुग्नेहरु कुना बसेर रुनु भन्दा अर्को कुनै विकल्प नै रहँदैन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु