काठमाडौं । चर्चित गायिका आस्था राउतले आत्समपर्ण गरेकी छिन् । उनलाई प्रहरीले अहिले नियन्त्रणमा राखेको छ । उनीमाथि अभद्र व्यवहार सम्बन्धी मुद्धामा नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर टेकुका प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

केही साता पहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी र आस्थाबीच केही दिनअघि भएको विवादमा प्रकाउ पुर्जी जारी गरिएको थियो । यो बीचमा उनी कार्यक्रमका लागि भन्दै सिक्कीम गएकी थिइन् । उनी नेपाल आए लगत्तै प्रहरीकहाँ गएकी हुन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

आफूविरुद्ध पक्राउ पूजी जारी भएपछि राउत आफैं प्रहरी कार्यालय पुगेकी हुन् । राउतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । माघ ५ मा गायिका आस्थाविरुद्ध प्रकाउ पुर्जी जारी भएको थियो । विमानस्थलमा आस्थाले चेकजाँचका क्रममा महिला प्रहरी रमिता श्रेष्ठमाथि ‘अभद्र व्यवहार’ गरेको उजुरी परेको थियो ।

सम्बन्धित खबरहरु