काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिका–३ माडेगाउँका महिलाको अगुवाइमा खानेपानीको योजना निर्माण भइरहेको छ । जिल्लामा नै पहिलोपटक महिलाको अगुवाइमा खानेपानीको योजनाको निर्माण थालिएको हो । महिलाको अगुवाइमा खानेपानी निर्माण उपभोक्ता समितिका नौ सदस्यमध्ये सात महिला सदस्य रहेका छन् ।

रु २१ लाख २० हजारको लागतमा गाउँमा खानेपानी योजनाको काम भइरहेको छ । खानेपानी उपभोक्ता समितिको अध्यक्षमा दुर्गादेवी उपाध्याय रहनुभएको छ । बिहानै उठेर घरपरिवारलाई खाना पकाएर गाउँमा सञ्चालन भएको योजनाको पाइपलाइन खन्ने, ट्याङ्की निर्माण गर्ने र ढुङ्गा बोक्ने काममा सबैमा महिलाले गर्ने गरेको अध्यक्ष उपाध्यायले बताउनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

“खानेपानीको सबै काम महिला नै मिलेर गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “महिलाहरुले विकास निर्माणको काम गर्न पनि सक्छन् भनेर अरूलाई देखाउन चाहन्छौँ ।” गाउँका ४२ घरधुरीमा एक–एक धारा निर्माण गर्ने लक्ष्यसहित काम भइरहेको उहाँले बताउनुभयो । समितिको सचिवमा हरिशोभा उपाध्याय र कोषाध्यक्ष कोइलादेवी उपाध्याय रहनुभएको छ ।

महिलाले नेतृत्व गरेको योजनामा गाउँका पुरुषले मुखले सहयोग गर्छौं भने पनि काममा सहयोग नगरेको समितिकी सदस्य सावित्री न्यौपानेले बताउनुभयो । महिलालाई हरेक काममा अवसर दिनका लागि पहिलोपटक महिलाहरुलाई उपभोक्ता समितिको जिम्मा दिइएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर बिष्टले बताउनुभयो ।

सम्बन्धित खबरहरु