पर्सा । अनलाईन मार्फत ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा गढीमाई नगरपालिका-३ पिप्राविर्ता घर भई पर्सा बीरगंज महानगरपालिका- १५ ब्रह्मचोक बस्ने २९ वर्षीय रोशन सिंह, सोही ठाउँ बस्ने २१ वर्षीय बिशाल सिंह, भारत कलकत्ता घर भई हाल पर्सा सोही महानगरपालिका डेरा गरि बस्ने २६ वर्षीय सबिक भक्त र सोही ठाउँ ब्रह्मचोक बस्ने १८ वर्षीय फारुख आलम रहेका छन् ।

उनीहरुले सामाजिक संजालहरुबाट Club Factory-Online shopping Apps खोली एपल कम्पनिको मोबाइल कम मूल्यमा पठाउने र अमेरिका, क्यानडा र सिंगापुर लगायतका देशहरुको भिसा समेत लगाई दिने जस्ता झुठ्ठा आश्वासन दिई सर्वसाधारणलाई प्रलोभनमा पारी रकम ठगी गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु