काठमाडौं । माटो खानी पुरिएर जुम्लामा सासू बुहारीको मृत्यु भएको छ । घर पोत्ने रातो माटो ल्याउन गएका चन्दननाथ नगरपालिका–४ सिंहाचौरकी सासू बुहारी खानीमा पुरिएर मृत्यु भएको हो ।

नगरपालिका–४ कै मालाभिडको जङ्गलमा गएकी ४५ वर्षकी सासू नाक्चु सुनार र २५ वर्षकी बुहारी स्यान सुनारको माटो खन्ने क्रममा खानी भासिएर घटनास्थलमै मृत्युु भएको डिएसपी लालबहादुर धामीले जानकारी दिनुभयो ।

उहाँका अनुसारसँगै माटो खन्न गएका नविना ऐडी र पञ्चकन्या सुनार घाइते भएका छन् । माटो खन्ने क्रममा खानी भासिएको थियो । आजै मृतक दुबैलाई श’वपरीक्षणका लागि अस्पताल पुर्याइएको छ भने घाइते दुबैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु