काठमाडौं । एकै घरका दुई बालिकको ज्यान गएको छ । भारत राजस्थान राज्यको जोधपुर सहरको छेउ चोखा गाउँको एउटा फार्ममा नुहाउन गएका दुई सात वर्षीया जुम्ल्याहा बहिनीको डुबेर मृत्यु भएको हो । दुई बहिनी डुबे लगत्तै परिवारले उनीहरूलाई अस्पताल ल्याए तर दुबैलाई बचाउन सकिएन । चोखा गाउँको पुखराजको फार्ममा पानीको ठूलो तलाउ छ ।

सात वर्षीया जुम्ल्याहा छोरीहरू दीपिका र देवंशी सामान्यतया एउटै तलाउमा नुहाउँथे । सोमबार दिउँसो दुबै दिदीबहिनी एउटै तलाउमा नुहाउन गएका थिए । नुहाउन गएका छोरीहरु आमाले लामो समयसम्म फर्केर नआएपछि खोजी गर्दै तलाउको किनारमा पुगिन् । त्यहाँ पुग्दा आमाले जे देखिन् त्यो दर्दानाक थियो । आमाले छोरीहरु पानीमा डुबेको देखेर, सहयोगका लागि चिच्याइन । वरपरका व्यक्तिले दुबैलाई घटनास्थलमै बाहिर लगे ।

 

दुवैको अस्पतालमा उपचारको क्रममा मृत्यु भयो । यो भनिन्छ कि तलाउमा पहिले कम पानी हुन्थ्यो । यस कारणले गर्दा दुबैलाई नुहाउन कुनै समस्या थिएन् । तर सोमबार इनारमा पानीले भरिएको थियो । यस्तो अवस्थामा तिनीहरू दुवै यसमा डुबेका हुन् । अहिले उक्त गाउँमा नै एक खालको शोकको माहोल निर्माण भएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु