काठमाडौं । हिजो देखि चर्चामा रहेको धक्का काण्डबारे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रष्ट पार्नुभएको छ । उहाँले आफूले प्राकृतिक धक्का भनेर कोराना भाइरसतिर संकेत गरेको स्पष्टीकरण दिनु भएको हो । हिजो संसद बैठकलाई सम्बोधन गर्दै ओलीले २०२० को सरुमा नै प्राकृतिक रुपमा धक्काको संकेत देखिएको भन्नु भएको थियो ।

लगत्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कसले धक्का दिँदैछ भन्दै प्रश्न गर्नुभएको थियो । यसलाई लिएर सामाजिक सञ्जालमा देउवालाई ट्रोल गर्न थालिएका छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

कतिपयले हालैको हिउ पहिरोबारे प्रधानमन्त्रीको निशाना भएको ब्याख्या गरिरहेका थिए । तर, आज सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धक्का भनेर आफूले कोरेना भाइरसतिर संकेत गर्न खोजेको स्पष्ट पार्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘उहाँले कहाँको धक्का भन्ने पनि कुरा गर्नुभयो । तर हाम्रो सजगता छ भरसक ठूलो धक्का नहोस् ।’ तर कोरोनाको असर भने पर्ने बताए । उहाँले उच्च सतर्कता अपाउनुपर्नेमा जोड दिनुभयो।

सम्बन्धित खबरहरु