काठमाडौं । भारतको पूर्वी राज्य उडिसामा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा बसमा यात्रारत कम्तीमा सात जनाको मृत्यु हुनुका साथै ४० जना घाइते भएका छन् । प्रहरीका अनुसार उडिसाको गनजम जिल्लाको तप्तपानी इलाकाको पहाडी क्षेत्रमा गुडिरहेको बस एकाएक खोल्सामा झरेको थियो । बुधबार राति करिब ३.३० बजे उक्त दुर्घटना भएको थियो । घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ । भारतमा हरेक दिन सवारी दुर्घटनाका कारण ४०० भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु