काठमाडौं । अब देश विकास गर्नका लागि प्रत्यक नेपालीले १ रुपैयाँ सहयोग गर्नुपर्ने भएको छ । राजधानीबाट ‘म मेरो राष्ट्र बनाउँछु मात्र १ रुपैयाँले’ राष्ट्रव्यापी अभियान घोषणा भएको छ । हाम्रो नेपाल राष्ट्रव्यापी अभियानले आज मधेश मिडिया हाउसमा पत्रकार सम्मेलन गर्दै ‘म मेरो राष्ट्र बनाउँछु मात्र १ रुपैयाँले’ राष्ट्रव्यापी अभियान सुरु गर्ने जानकारी दिएको हो ।

कार्यक्रममा नरेन्द्र देउजाले विदेशीको अनुदानभन्दा सवा तीन करोड नेपाली आफैले एक एक रुपैयाँ दिएर आफ्नो देश बनाउन सक्ने उल्लेख गर्नुभयो । अमेरिका सरकारको एमसीसी योजनाको विरोध गर्दै देउजाले नेपालमा विदेशीहरुको चलखेल बढिरहेकोले देशलाई विखण्डनतिर लग्न लागेको आशंका व्यक्त गर्नुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

मुलुकमा व्याप्त भ्रष्टाचार, महँगी, कालोबजारी, बेरोजगारी र राजनीतिक दलहरुको खिचातानीका कारण देश झन् गरीब हुँदै गरेको आरोप उहाँको थियो । कार्यक्रममा भैरव बहादुर कार्कीले, ‘तपाइँहरुलाई आश्चर्य र हाँसो लाग्यो होला एक रुपैयाँले देश बनाउँछु भनेको सुन्दा तर आश्चर्य नमान्नुस् है ।’ भन्नुभयो । उहाँका अनुसार सवा तीन करोड नेपालले राष्ट्र बनाउनेछन् ।

सम्बन्धित खबरहरु