काठमाडौं । बीस ओभरको क्रिकेट खेलका विश्वकै उत्कृष्ट खेलाडीमध्ये एक वेष्ट इन्डिजका क्रिस गेलले नेपालमा व्यवसायिक खेल्ने भएका छन् । पोखरा राइनोज टोलीबाट एभरेष्ट प्रिमियर लीग ईपीएल खेल्न उनी काठमाडौं आउने पक्का भएको आयोजकले जनाएको छ ।

एक भिडिओ सन्देशमा गेलले भने, ‘नेपाल, गेट रेडी फर द गेम्स् (नेपाल, खेलको लागि तयार रहनु)।’ उनले दुई खेल मात्रै खेल्ने बताइएको छ तर उनको अनुबन्ध रकमबारे खुलाइएको छैन । छ क्लबबीच हुने उक्त प्रतिस्पर्धा मार्च १४ देखि २८ सम्म कीर्तिपुर मैदानमा हुनेछ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

गेलको नाममा सबैखाले क्रिकेटमा कीर्तिमानहरू भएपनि उनलाई टी२० क्रिकेटका सबैभन्दा आ'क्राम'क ब्याट्सम्यानका रूपमा चिनिन्छ । जमैकामा जन्मेका गेलले राष्ट्रिय टोलीबाट १०३ टेस्ट, ३०१ एकदिवसीय अन्तर्राष्ट्रिय र ५८ टी२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

उनले विश्वका सबै ठूला फ्रेञ्जाइजी क्रिकेटमा १०० टी२० खेल खेल्दै १३,२९७ रन बनाइसकेका छन् । गेलको भ्रमण ईपीएल खेल्नको लागि मात्र नभई भ्रमण वर्ष २०२० को प्रचारका लागि समेत रहेको आयोजकले जनाएको छ ।

काठमाडौंमा आएर खेल्ने क्रममा उनले नेपालमा दुई चर्चित स्थानमा घुम्ने छन् । यसको सम्पूर्ण व्यवस्था नेपाल सरकारले गर्ने जनाइएको छ । गेलसहित सो प्रतियोगितामा टेस्ट क्रिकेट खेलिसकेका दक्षिण अफ्रिकाका पूर्वकप्तान हसिम अमला, वेष्ट इन्डिजका ड्वायने स्मिथ, श्रीलङ्काका उपुल थराङ्गा र अफगानिस्तानका मोहम्मद शहजाद खेल्ने ईपीएल म्यानेजमेन्टले बताएको छ ।

प्रतियोगितालाई थप रोमाञ्चक बनाउन आयोजकले टेस्ट राष्ट्रका खेलाडीहरू अनुबन्ध गर्नुपर्ने नियम राखेपछि क्लबहरूले उनीहरूलाई अनुबन्धित गरेका हुन् । अलराउन्डर स्मिथले भैरहवा ग्लाडियटर्सबाट खेल्नेछन् । ग्लाडियटर्सको प्रशिक्षकमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दशानायके रहने छन् ।

भर्खरै मात्र राष्ट्रिय टोलीबाट सन्न्यास लिएका अलराउन्डर अमलाले खेल्न सहमति जनाए पनि क्लबको टुङ्गो लागिनसकेको आयोजकले बताएका छन् । श्रीलङ्काका पूर्वकप्तान विकेटकिपर थरङ्गा ललितपुर प्याटियटर्समा आबद्ध भइसकेका छन् । उनले ३१ टेस्ट, २३५ एकदिवसीय र २६ टी२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् । वि'स्फो'टक ब्याट्सम्यान शहजाद भने चितवन टाइगर्सबाट खेल्नेछन् । बीबीसी

सम्बन्धित खबरहरु