झापा । गरिब, असाहयलाई लक्षित गर्दै बिर्तामोडका व्यवसायीले दश रुपैयाँमा वितरण गरेको खाना करिब १५ हजारले खाएका छन् । मेची अञ्चलको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा गत पुस १६ गतेदेखि सञ्चालन गरिएको १० रुपैयाँको खाना आजसम्म वितरण गरिएको हो । विर्तामोडका युवा व्यवसायी प्रविण अग्रवाल, मनोज अग्रवाल र पुरुषोत्तम अग्रवालले विपन्न समुदायलाई लक्षित गर्दै वितरण गरिएको खाना दैनिक ५०० जनाले खाने गरेको प्रविणले बताउनुभयो । दैनिक १५ हजार रुपैयाँ खर्च गर्दै एक महिनासम्म चिसोको समयमा खाना प्रदान गरिएको अग्रवालको भनाइ छ ।

मानवताको सेवा नै जीवनको सर्वोत्तमकार्य भएको उल्लेख गर्दै उहाँले यो कार्य आगामी वर्षमा पनि निरन्तरता प्रदान गरिने बताउनुभयो । सेवा भावले १० रुपैयाँमा खाना वितरण गर्न थालिएपछि सबैभन्दा बढी दैनिक ज्यालादारीमा काम गर्ने मजदूरहरुले खाना खाएको बताइएको छ । रासस

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु