काठमाडौ । नेपाल सरकारले परिवार नियोजन लक्षित धेरै कार्यक्रम र योजना ल्याए पनि जिल्लाका ८४ दशमलव ६८ प्रतिशत दम्पतीले अस्थायी साधन प्रयोग गर्दैनन् । जिल्लामा रहेका ५२ हजार ८५२ प्रजनन उमेरका महिलालाई परिवार नियोजन साधन प्रयोगधार पु¥याउने लक्ष्य रहे पनि १५ दशमलव २२ प्रतिशतले मात्रै अस्थायी साधन प्रयोग गर्ने गरेको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । कार्यालयका अनुसार उक्त लक्ष्यमध्ये आठ हजार ४९ जनाले मात्रै अस्थायी साधन प्रयोग गर्ने गरेको छ । त्यस्तै ४४ हजार ८०३ महिला तथा दम्पतीले अस्थायी साधन प्रयोग नै गर्दैनन् । अस्थायी साधन परिवार नियोजनको लागि मात्रै नभएर मुख्यतः मानव स्वास्थ्यको हितका लागि भएको स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले बताउनुुभयो । उहाँले भन्नुभयो, “ जिल्लामा अस्थायी साधन प्रयोगकर्ता न्यून देखिएको छ ।” तत्कालीन जिल्ला जनस्वास्थ्य कार्यालयको माताहतमा रहेका ७५ स्वास्थ्य संस्थाबाट परिवार नियोजनको अस्थायी साधन निःशुल्क वितरण हुँदै आएको छ ।

विषेशगरी अस्थायी साधनमा पुरुषले प्रयोग गर्ने कण्डम, महिला तथा पुरुषको स्थायी बन्ध्याकरण, महिलाले प्रयोग गर्ने पिल्स, तीनमहिने डिपो, इम्प्लान्ट (नरप्लान्ट) र आइयुसीडी रहेका छन् । सरकारले निःशुल्क रुपमा पाँच प्रकारको अस्थायी साधन उपलब्ध गराउँदै आएको छ । यी अस्थायी साधनमध्ये दम्पतीले मात्र होइन, अविवाहितले समेत कण्डम र पिल्स बढी प्रयोग गर्ने गरेका छन् । तर विवाहित दम्पतीका पुरुषले अस्थायी साधनमा स्थायी बन्ध्याकरण र कण्डमले पहिलो स्थान पाएको छ भने विवाहित महिलाले स्थायी बन्ध्याकरण गर्ने, न्यून मात्रमा पिल्स, अधिक मात्रमा डिपो, आइयुसीडी, इम्प्लान्ट प्रयोग गर्ने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सरकारले जनचेतनामूलक कार्यक्रम, समुदायस्तरमा आमा समूह, विद्यालयमा स्थायी साधनको प्रयोग गर्ने तरिका, फाइदा÷बेफाइदालगायतका कुराहरु गर्दै आएको छ । त्यस्तै जिल्लाको दुर्गम टाढा रहेका बस्तीमा वर्षको दुईपटक घुम्ती शिविरसमेत सञ्चालन हुँदै आएको छ । जिल्लाका दम्पतीमध्ये श्रीमान् विदेश जानु, महिलाले बजारमा रहेका मेडिकलबाट अस्थायी साधन लैजाने गर्नाले समेत सरकारी रेर्कडमा स्थायी साधन प्रयोग गर्ने प्रजनन महिलाको तथा दम्पतीको सङ्ख्या कम भएको हुनसक्ने कार्यालय प्रमुख दवाडीको भनाइ छ ।

स्वास्थ्य कार्यालयका अनुसार चार हजार २२६ महिला र १७ हजार २६ पुरुषले बन्ध्याकरण गरेका छन् । चालू आवमा दुई लाख ४१ हजार २६५ कण्डम,१७ हजार ७७ डिपो र नौ हजार ५५६ पिल्स वितरण गरिएको छ । त्यस्तै, इम्प्लान्ट १६ हजार ५५७ र आईयुसीडी एक हजार ४०४ वितरण भएको छ । जिल्लामा रहेका ७५ वटै स्वास्थ्य संस्थाबाट कण्डम, डिपो र पिल्स वितरण हुने गरेको छ । २९ स्वास्थ्य संस्थाबाट आइयुसीडी, २४ संस्थाबाट इम्प्लान्ट तथा खुदी स्वास्थ्यचौकी, धमिलीकुवा स्वास्थ्यचौकी, चिसङ्कु स्वास्थ्यचौकी र सुन्दरबजार अस्पतालबाट निःशुल्क गर्भपतन सेवा उपलब्ध छ भने स्थायी बन्ध्याकरण एचडीसीएस लमजुङ जिल्ला सामुदायिक अस्पतालबाट मात्रै सेवा प्रवाह हुँदै आएको छ । त्यस्तै जिल्लाका स्वास्थ्य संस्थामा गएर अस्थायी साधन माग्न लाज मान्ने अविवाहित युवतीले बजारमा रहेका मेडिकल पसलबाट इकोन र आइपिल्स किनेर प्रयोग गर्ने गरेका छन् । तर यसको यकिन तथ्याङ्क भने जिल्लामा छैन । रासस

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु