काठमाडौं । तीन वर्ष, तीन प्रधानमन्त्री र दुई निर्वाचनपछि यूके अन्ततः शुक्रवार ज्यानुअरी ३१ जीएमटीअनुसार राति ११ बजे युरोपेली सङ्घ ईयूबाट अलग्गियो । तर त्यसलगत्तै ब्रिटेन ११ महिना लामो सङ्क्रमणकालमा प्रवेश गरेको छ ।

लामो समयदेखि चर्चामा रहेको ब्रेक्जिटले त्यसोभए के परिवर्तन भयो त ? सङ्क्रमणकालमा यूकेले ईयूको नियम मानिरहनेछ र ईयूलाई तिर्नुपर्ने पैसा पनि तिरिरहनेछ । कति कुरा पहिलाकै जस्ता हुनेछन् भने कति कुरा निकै बदलिनेछन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

नाइजेल फराजको ब्रेक्जिट पार्टीले सन् २०१९ को मे मा भएका युरोपेली चुनावमा यूकेबाट सबभन्दा धेरै सीट जितेको थियो । ब्रेक्जिट पार्टीका नेता तथा यूकेले ईयू त्याग्नुपर्ने पक्षका मुख्य अभियानकर्ता नाइजेल फराज ती ७३ ब्रिटिश युरोपेली सांसदमध्ये हुन् जसको पद स्वतः समाप्त हुँदैछ । किनभने ब्रेक्जिटको समयमा यूकेले ईयूका सबै राजनीतिक निकाय तथा संस्था त्याग्नेछ ।

तर यूकेले सङ्क्रमणकालमा ईयूको नियम मान्नुका साथै युरोपेली न्यायालय ( जुन निकायले ईयू कानुन कार्यान्वयन गराउँछ । कानुनी विवादमा अन्तिम निरूपणको अधिकार प्राप्त भइरहनेछ ।

यूकेका प्रधानमन्त्री बोरिस जोन्सन विशेष निमन्त्रणाका बेलामा बाहेक अब आइन्दा हुने ईयू परिषद् शिखर सम्मेलनहरूमा सहभागी हुनेछैनन् । साथै ब्रिटिश मन्त्रीहरू पनि विभिन्न युरोपेली नियमहरू बसाल्ने नियमित ईयू बैठकहरूमा अब सहभागी हुने छैनन् ।

वस्तु तथा सेवाको किनबेचका नयाँ नियम बसाल्न यूकेले विश्वभरका देशहरूसँग वार्ता गर्न सक्नेछ । ईयूको सदस्य रहँदारहँदै यूकेले अमेरिका तथा अस्ट्रेलियासँग औपचारिक व्यापार वार्ता गर्न पाएको थिएन ।

ब्रेक्जिट समर्थकहरूको भनाइमा स्वतन्त्रतापूर्वक आफ्नो व्यापारनीति बनाउन पाउँदा यूकेको अर्थतन्त्रलाई फाइदा हुनेछ । अनि ईयूसँग अझै धेरै छलफल बाँकी छन् ।

यूके–ईयू व्यापार सम्झौता उच्च प्राथमिकतामा छ, त्यसैले सङ्क्रमणकालको अन्त्यसँगै वस्तु तथा सेवामा अतिरिक्त कर तथा अन्य व्यापार अवरोध आवश्यक पर्नेछैन । कुनै व्यापार सम्झौता हुने हो भने त्यो सङ्क्रमणकाल सकिएपछि मात्र सुरु हुनेछ ।

सन् १९८८ मा ब्रिटेनको नीलो पासपोर्टलाई ईयूअन्तर्गतको कलेजी पासपोर्टले विस्थापन गरेको थियो । पुरानो नीलो रङ्गको ब्रिटिश पासपोर्टको पुनरागमन हुनेछ। हालको कलेजी रङ्गको पासपोर्टले त्यसलाई ३० वर्ष अघि विस्थापन गरेको थियो ।

सन् २०१७ मा परिवर्तनहरूको घोषणा गर्दै आप्रवासी मामिलामन्त्री ब्र्यान्डन लुविसले सन् १९२१ मा पहिलो पटक प्रयोगमा आएको नीलो पासपोर्टको पुनरागमनको प्रशंसा गरेका थिए । आगामी केही महिनाहरूमा नयाँ पासपोर्ट चरणबद्ध रूपमा लागु गरिनेछ । यस वर्षको मध्यसम्ममा सबै पासपोर्ट बदलिसक्नेछन् ।

ब्रेक्जिटमा ढिलाइ हुँदा सिक्का पुनः बनाउनु परेको थियो । ब्रेक्जिटको संस्मरणमा बनाइएको ५० पेन्सका ३० लाख सिक्का शुक्रवार चलनचल्तीमा आए । तिनमा ज्यानुहरी ३१ को मिति तथा ‘शान्ति, सम्पन्नता र सबै देशसँग मित्रता’ कुँदिएको छ । सिक्काले मिश्रित प्रतिक्रिया पाएको छ। ब्रेक्जिटविरोधी कतिपयले यसलाई नस्वीकार्ने भन्दै आएका छन् ।

यसअघि सरकारले यो सिक्का पहिले तोकिएको ब्रेक्जिट मिति अक्टोबर ३१ मा नै चलनचल्तीमा ल्याउन खोजेको थियो । तर ब्रेक्जिटको मिति परिवर्तन भएपछि ती सिक्का फेरि पगालेर नयाँ बनाउनुपर्‍यो ।

ब्रेक्जिटको दिनमा यूके–ईयू वार्ता गर्ने टोली तथा अन्य सम्बद्ध तयारीहरूको अन्त्य भयो । पूर्वप्रधानमन्त्री टरिजा मे ले सन् २०१६ मा युरोपेली सङ्घ बहिर्गमन विभाग स्थापना गरेकी थिइन् । आगामी वार्ताका लागि यूकेको वार्ता टोली प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रीटमै रहनेछ ।

अब जर्मनी भागेका केही सन्दिग्ध अ'परा'धीलाई यूके फिर्ता ल्याउन सम्भव हुनेछैन । जर्मनीको संविधानले ईयू सदस्य राष्ट्रबाहेक अन्यत्र उसका नागरिकलाई सुपुर्दगी गर्न अनुमति दिँदैन । ‘यूकेले ईयू त्यागेपछि यो अपवाद लागु हुनेछैन’ जर्मन सङ्घीय न्याय मन्त्रालयका एक प्रवक्ताले बीबीसी न्यूजलाई बताए ।

अरू देशको हकमा पनि यस्तै हुने हो कि भन्ने अझै प्रष्ट भइसकेको छैन । उदाहरणका लागि स्लोभेनियाले स्थिति जटिल हुने बताएको छ भने युरोपेली आयोगले यसमा टिप्पणी गरेको छैन ।

यूकेको गृह मन्त्रालयले भनेको छ युरोपेली पक्राउपुर्जी सङ्क्रमणकालमा लागु हुनेछ। (अर्थात् जर्मनीले गैरजर्मन नागरिकलाई सुपुर्दगी गर्न सक्नेछ।) ब्रेक्जिटलगत्तै सङ्क्रमणकाल सुरु हुने हुनाले कैयौँ अन्य कुरा पहिलेको जस्तै रहनेछन् । कम्तीमा सन् २०२० को डिसेम्बर ३१ सम्म ।

सङ्क्रमणकालमा यूकेका नागरिकलाई ईयू नागरिकझैँ व्यवहार गरिनेछ । विमान, पानीजहाज र रेलहरू साविकझैँ चल्नेछन् । अध्यागमन वा पासपोर्ट नियन्त्रणको सन्दर्भमा चाहिँ सङ्क्रमणकालको अवधिमा यूकेका नागरिकहरूलाई अझैपनि ईयू आगमनलाई तोकिएको क्षेत्रमा लाइन बस्न दिइनेछ ।

  • चालक अनुमतिपत्र तथा घरपालुवा जनावरका पासपोर्ट
  • म्याद नसकिउन्जेल यी कागजपत्र मान्य रहिरहनेछन्।

युरोपेली स्वास्थ्य बीमा कार्ड : ब्रिटेनका नागरिकलाई ईयूमा स्वास्थ्यसेवा लिन मिल्नेगरी बनाइएका यी विशेष कार्ड सङ्क्रमणकालभरि मान्य हुनेछन् । यो त्यस्तो कार्ड हो जसले बिरामी वा दुर्घटनाका बेला यूको नागरिकहरूलाई युरोपमा सरकारी स्वास्थ्यसेवा उपलब्ध गराउँछ । ती कार्ड कुनै पनि ईयू सदस्यराष्ट्रमा लागु हुन्छन् (साथै स्वीट्जर्ल्यान्ड, नर्वे, आइसल्यान्ड र लिक्टेन्स्टाइनमा पनि) र ती सङ्क्रमणकालीन अवधिभरि लागु भइरहनेछन् ।

ईयूमा बसोबास र काम : सङ्क्रमणकालीन अवधिमा आवतजावतको स्वतन्त्रता रहिरहनेछ । त्यसैले यो अवधिमा यूकेका नागरिकहरूले अहिलेको जस्तै ईयूमा बस्न र काम गर्न पाउनेछन् । त्यस्तै व्यवस्था यूकेमा बस्न र काम गर्न चाहने ईयूका नागरिकको हकमा पनि लागु हुनेछ ।

  • ईयूमा बस्ने यूकेका नागरिकहरूले सरकारी पेन्सन तथा वार्षिक वृद्धि पाइरहनेछन् ।
  • सङ्क्रमणकालभरि यूकेले ईयूलाई बजेट योगदान दिइरहनेछ । यसको अर्थ ईयूको अनुदानबाट सञ्चालित साविकका कार्यक्रमहरू चलिरहनेछन् ।
  • यूके–ईयु व्यापार कुनै अतिरिक्त कर वा चेकजाँचबिना निरन्तर चल्नेछन् । बीबीसी

सम्बन्धित खबरहरु