काठमाडौं । वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत सुब्बा कुनास्थित ट्रक र ट्र्याक्टर जुध्दा ट्र्याक्टर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्र्याक्टर चालक वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेत निवासी ३४ वर्षीय प्रेम कार्की रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।

प्रदेश अस्पतालमा उपचारको क्रममा उनको शुक्रबार बेलुका मृत्यु भएको प्रवक्ता बताउनुभयो । प्रवक्ता रावलका अनुसार शुक्रबार बिहान सुर्खेत विनपा–११ गङ्गा पेट्रोलपम्प नजिक सुब्बाकुनाबाट बजारतर्फ आउँदै गरेको लु१ख ७६७० नम्बरको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको भे१त ७५८९ नम्बरको ट्र्याक्टर एकापसमा ठोक्किएका थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

उक्त घटनामा घाइते भएका ट्र्याक्टर सहचालक जुनीचाँदे गाउँपालिका–२ जाजरकोट निवासी ३२ वर्षीय कृष्णबहादुर शाहीको उपचार भइरहेको र अवस्था चिन्ताजनक रहेको जनाइको छ । ट्रकसहित ट्रक चालक तिलोत्तमा नगरपालिका–१६ रुपन्देही निवासी श्यामप्रसाद थारुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

सम्बन्धित खबरहरु