नेकपा अध्यक्षलाई अपह’रण गरेर खुट्टा भाँ’च्चिने गरी नि’र्घात कु’टपि’ट


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अ’ज्ञात समूहले अपह’रण गरी नि’र्घात कु’टपि’ट गरेको छ । शुक्रबार उहाँलाई अ’ज्ञात समूहले अपह’रण गरी कु’टपि’ट गरेको हो ।

 

आलिताल गाउँपालिका–३ को वडा बैठकमा सहभागी हुनका लागि बैठकस्थलतर्फ जाने क्रममा उहाँलाई अपह’रण गरी कु’टपि’ट गरेको नेकपा जिल्ला कमिटी डडेल्धुराले विज्ञप्तिमार्फत जनाएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

आलितालभन्दा करीब ५०० मिटरमाथि चौरवण्डले भन्ने स्थानमा मुखुण्डोधारी समूहले जोशीमाथि कु’टपि’ट गरी गम्भीर घाइते बनाएको नेकपा जिल्ला कमिटी सचिव वीरेन्द्रकुमार बस्नेतले विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ ।

आलिताल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमलप्रसाद जोशीको नेतृत्वमा खोजतलास गर्दा निर्घात कु’टपि’ट गरी अलपत्र अवस्थामा भेट्टिएको बताइएको छ ।

अ’ज्ञात समूहको कु’टपि’टबाट जोशी गम्भीर घाइते भएको र घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरी सहायक निरीक्षक जोशीले जानकारी दिनुभयो ।

उहाँको खुट्टा भाँच्चिएको छ भने टाउको र हातमा गम्भीर चोट लागेको छ । जोशीसँगै मोटरसाइकमा सवार नेकपा आलिताल गाउँपालिका कमिटी सदस्य चित्रा बोहरा भागेर अपह’रण र कु’टपि’टबाट जोगिएको बताइएको छ ।

नेकपा डडेल्धुराले यस्ता घृणित क्रियाकलापमा संलनलाई यथाशीघ्र खोजी कानूनबमोजिम हदैसम्म कारवाहीको मागसमेत गरेको छ । अध्यक्ष जोशीलाई उपचारका लागि काठमाडौँ लगिएको छ ।

अ’ज्ञात समूहको कु’टपि’टबाट गम्भीर घाइते हुनुभएका उहाँलाई उपचारका लागि धनगढी सिफारिश गरिएको थियो । धनगढीमा पनि उपचार सम्भव नभएपछि उहाँलाई काठमाडौँ लगिएको नेकपा डडेल्धुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
एसईई, ११ र १२ को परिक्षाको सूचना यसरी आएको रहेछ
एसईई, ११ र १२ को परिक्षा बारे बोल्यो राष्ट्रिय परीक्षा बोर्ड
त्रिविले गर्यो नतिजा प्रकाशित, एक क्लिकमा अनलाइन यसरी हेर्नुहोस्
कोरोनालाई ध्यानमा राखेर त्रिविले जारी गर्यो यस्ता महत्वपुर्ण जानकारी [सुचनासहित]
सरकारको निर्णय मान्दै त्रिविले सबै परीक्षा र पठन–पाठन त रोक्यो तर विदा अर्को वर्ष मिलाउने
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता

सूचना विभाग दर्ता प्रमाणपत्र नं. ८३१/074-75
संचालक / सम्पादक : इन्द्र प्रसाद आचार्य

        || थप...

Designed by appharu.com