काठमाडौ । कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्वर ६ मा से २ प १८५० नम्वरको मोटरसाईकल दुर्घटना हुँदा स्थानीय २२ बर्षीय मायाराम चौधरीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले मोटरसाईकल आँफै अनियन्त्रित भएर दुर्घटना हुँदा चौधरीको घटनास्थलमै मृत्यु भएको बताए। मध्यराती १२ बजे दुर्घटना भएको उनले बताए।

 

यता स्थानीयले भने गाडीले मोटरसाइकललाई ठक्कर दिदा चौधरीको मृत्यु भएको बताएका छन्। पुर्बपश्चिम राजमार्गको गुलरा सडक खण्डमा एउटा गाडीले चौधरी सवार मोटरसाईकललाई ठक्कर दिएको दावी स्थानीयको छ। चुहामा ब्यापार गदै आएका चौधरी घर आउने क्रममा राती गुलरा सड्क खण्डमा मृत अवस्थामा भेटीएपछि पूर्बबाट पश्चिम तर्फ जादै गरेको एक बसका चालकले प्रहरीलाई खबर गरेका बताइएको छ।

दोषिलाई कारवाहीको माग गर्दै रातीदेखि नै पीडित परिवार र स्थानियले पूर्बपश्चिम राजमार्ग अबरुद्ध पारेका छन्। राजमार्ग अवरुद्ध हुदा अहिले पूर्बबाट पश्चिम र पश्चिमबाट पूर्ब तर्फ जाने दर्जनौ सवारी साधन विच बाटोमै अलपत्र परेका छन्।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु