एजेन्सी । बालबालिकाहरुलाई जन्मदिनको उपहारस्वरुप खेलौना दिनुभन्दा बरु बाहिर घुमाउन लैजानु उनीहरुको दिमागी विकासका लागि बढी महत्वपूर्ण रहेको स्वास्थ्यविद्हरुले बताएका छन् । बाल मनोचिकित्सक डाक्टर मार्गोट सन्डरल्यान्डका अनुसार बालबालिकालाई बाहिर घुमाउन लैजानु भनेको उनीहरुको मस्तिष्क वृद्धिका लागि ठूलो लगानी गर्नु सरह हुनेछ ।

उनका अनुसार पारिवारिक भ्रमणमा जाँदा दिमागको गहिराइमा रहेको ‘लिम्बिक’ क्षेत्रका दुई प्रणालीहरुको राम्रो एक्सरसाइज भइरहेको हुन्छ जुन घरैमा बसिरहँदा भने कुनै प्रयोगमा आउँदैनन् । ती दुई प्रणाली, ‘प्ले सिस्टम’ र ‘सिकिङ सिस्टम’ हुन् । वासिङटन स्टेट युनिभर्सिटीका विश्वस्तरीय न्युरोसाइन्टिस्ट प्रोफेसर जेक पेनसेपको अध्ययनमा पनि यिनै प्रणालीबरे उल्लेख गरिएको उनले बताइन् ।

डाक्टर मार्गटका अनुसार दिमागकको ‘प्ले सिस्टम’ ले बालबालिकाको खुट्टा माटोमा टेकिँदा, उनीहरु खुला ठाउँमा घाँसमा दौँडिदा, अभिभावकले पछाडि कि टाउकोमा राखेर घुमाउँदा लगायतका क्रियाकलपाका बेला मात्र काम गरिरहेको हुन्छ । त्यस्तै दिमागको ‘सिकिङ सिस्टम’ भने नयाँ कुरा देख्दा, त्यसको खोजी गर्दा, जङ्गल, समुद्र किनार लगायतका स्थल अवलोकन गर्दा सक्रिय हुने गर्दछ । यसरी बच्चाहरुको प्ले र सिकिङ सिस्टमको एक्सरसाइज बढ्नुले नै तिनहरुको ‘फ्रन्टल लोब’ विकिसत हुन मद्दत मिल्छ ।

दिमागको यो क्षेत्र नै जटिल बौद्धिक क्षमतासँग जोडिएको हुन्छ । जसमार्फत उनीहरुले कुनै पनि समस्या समाधान गर्न, भावना वर्णन गर्न, स्मरण गर्न, भाषा सिक्न, निर्णय लिन लगायतका कामहरु गर्न सक्छन् । यस्तोमा यि सिस्टम जति धेरै प्रयोगमा आए, त्यति नै उनीहरुको बौद्धिक क्षमता बलियो हुँदै जानेछ । उनीहरुको दिमागी विकास बाहेक, प्ले र सिकिङ प्रणालीलाई पारिवारिक भ्रमण मार्फत प्रयोगमा ल्याउँदा बालबालिकामा खुसी वृद्धि हुने र समस्त स्वास्थ्य अवस्थामा पनि सधुार पुग्ने गर्दछ ।

दिमागका ती प्रणाली सक्रिय हुनुले ‘डोपेमाइन, अक्सिटोसिन, ओपोइड’ लगायतका न्युरोकेमिकल उत्पादन हुन्छन् जसले सम्बन्ध बलियो बनाउने भावनाहरुलाई बढावा दिने गर्दछ । साथै यसले अभिभावकको स्ट्रेस पनि कम गर्ने र सकारात्मक रहन मद्दत गर्ने गर्दछ । २०१७ को अध्ययनका अनुसार मानिसहरुलाई परिवार, साथीभाइको साथबाट नै सबैभन्दा धेरै माया पाएको अनुभूति हुने गर्दछ ।

यसमा मान्छे– मान्छेबीचको अन्र्तक्रिया नै सबै भन्दा बढी मूल्यवान् हुने गरेको अनुसन्धानकर्ताको निष्कर्ष थियो । त्यसैले जन्मदिन वा कुनैपनि खुसीको पर्व अथवा उत्सवको समयमा बालबालिकाहरुलाई खेलौना किनिदिनु भन्दा उनीहरुलाई बाहिर लगि समय बिताउनु बढी प्रभावकारी हुने बताइएको छ । बच्चाहरुमा अर्को नयाँ खेलौनाप्रतिको रुची छिट्टै कम हुन सक्छ तर भ्रमणका क्षणहरु लामो समयसम्म याद रहिरहनेछन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु