काठमाडौ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा त्रिशूली नदीमा कायक च्याम्पियनसीप प्रतियोगिता २०२० आयोजना गरिएको छ । चितवनको इच्छाकामना–३ फिस्लङस्थित त्रिशूली नदीमा शुक्रबार र शनिबार दुई दिन प्रतियोगिता सम्पन्न भएका थिए । देशभरका ३१ प्रतियोगी सो प्रतियोगितामा रञ्जन कँडेल प्रथम, मोहन राना द्वितीय र सुमन तामाङ तृतीय हुनुभएको थियो । विभिन्न तीन विधामा सम्पन्न सो प्रतियोगितामा छ सय पूर्णाङ्कमा ४९० अङ्क ल्याई कँडेल प्रथमस्थान हासिल गर्न सफल हुनुभएको थियो ।


राना र तामाङले क्रमशः ४७० र ४३० अङ्क प्राप्त गर्नुभएको थियो । प्रथम,द्वितीय र तृतीय हुनेलाई रु २५ हजार, २० हजार र १५ हजार सहित र प्रमाणपत्र प्रदान गरिएको थियो । विद्यागत प्रतियोगितातर्फ स्प्रिन्टमा मोहन राना प्रथम, शक्तिकुमार गुरुङ द्वितीय र रञ्जन कँडेल तृतीय र हेड टु हेडमा डम्बरबहादुर पुर्वाछाने प्रथम, मोहन राना द्वितीय र सुमन तामाङ तृतीय हुनुभएको थियो । फ्रिस्टाइलमा रञ्जन कँडेल प्रथम, सुमन तामाङ द्वितीय र मोहन राना तृतीय हुनुभएको थियो । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले इच्छाकामनामा पर्यटक वृृद्धि गराउन यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

 

उहाँले यहाँ देशविदेशबाट समेत रिभरगाइड तालीम लिन आउने गरेको भन्दै ¥याफ्टिङ र यससम्बन्धी खेललाई व्यापक बनाउन प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो ।  नेपाल ¥याफ्ट एण्ड कायक क्लब फिस्लिङका अध्यक्ष मिलन गुरुङले भ्रमण वर्षको अवसरमा गाउँपालिकाले शुरु गरेको भिजिट इच्छाकामनालाई सहयोग पु¥याउन प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । नेपाल ¥याफ्ट एण्ड कायक क्लब फिस्लिङको आयोजनामा सम्पन्न प्रतियोगिताका प्रवद्र्धक इच्छाकामना गाउँपालिका रहेको थियो । इच्छाकामना–३ फिस्लिङस्थित त्रिशूली नदी ¥याफ्टिङ र यससम्बन्धी प्रतियोगिताका लागि महत्वपूर्ण मानिन्छ । रासस

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु